कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

१२ माघ ७७, मंगलबार

१२ माघ, काठमाडौं ।

संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएका छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बनेकी छिन् । अमेरिकामा यो उच्चस्तरमा पुगेको उनी नै पहिलो महिला पनि उनी बनेकी छिन् । उनी पनि राष्ट्रपतिको स्तरमा पुग्न सफल हुनुभएको अमेरिकी सञ्चारमाध्यमहरुको प्रतिक्रिया छ ।

विश्वको शक्तिराष्ट्र मानिएको र लगभग विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्त राज्य अमेरिकामा सन् २०१६ को नोभेम्बरमा अमेरिकामा एउटा नयाँ विषयको ठूलो बहस चलेको थियो– के अब अमेरिकाले महिला राष्ट्रपति पाउला ? महिला समानता, लैंगिक समानता तथा नारी अधिकारका साथै मानवअधिकारका बारेमा विश्वलाई नै पाठ पढाउने अमेरिकाले महिला राष्ट्रपति पाउन नसकेको चर्चा उक्त समयमा अमेरिकामा सुरु भएको थियो । विश्वका कैयौं अविकसित र दक्षिण एशियाली राष्ट्रहरुमा कार्यकारी प्रमुखका रुपमा महिलाले हाँकिसकेका अवस्थामा पनि अमेरिकामा महिला राष्ट्रपति नभएको नै उक्त बेलामा चर्चाको विषय थियो ।

Advertisement

अमेरिकामा ४५ औँ राष्ट्रपतिको लागि सो निर्वाचन हुन लागेको थियो । अमेरिकी राष्ट्रपतिको यस निर्वाचनको प्रतिस्पर्धामा एक जना महिला नेत्री पूर्व विदेशमन्त्री हिलारी रोधम क्लिन्टन पनि उम्मेदवार रहनु भएको थियो । विश्वको एक प्रमुख शक्तिराष्ट्रको रुपमा परिचित रहेको यस देशको राष्ट्रपति पदमा एक जना पनि महिला आउन सकेका थिएनन् ।

यद्यपि भारत, दक्षिण कोरिया, अल्जेरिया, ब्राजिल नेपातलगायत विश्वका कैयन् ठूला साना राष्ट्रहरुमा महिलालाई राष्ट्रपति बन्ने अवसर प्राप्त भइसकेको छ । अमेरिकाको ४५ औँ राष्ट्रपतिका लागि हुन गइरहेको यस निर्वाचनमा त्यसो त यसअघिका निर्वाचनहरुमा पनि राष्ट्रपतिका लागि महिलाहरुले उम्मेदवारी नदिएका भने होइनन् ।

Advertisement

तर क्लिन्टन अमेरिकी राजनीतिमा एक शक्तिशाली महिला थिइन् । निर्वाचनमा उम्मेदवारी दर्ता एवं प्रचारप्रसारको सुरुवातदेखि नै चुनावी मैदानमा अन्य उम्मेदवारहरु उत्रेका देखिए तापनि रिपब्लिकन पार्टी तर्फका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्यटिक पार्टीकी उम्मेदवार, पूर्वविदेशमन्त्री हिलारी क्लिन्टबीच मात्र प्रतिस्पर्धा भएजस्तो देखियो र यो अवस्था अन्त्यसम्म पनि कायमै रह्यो । प्रचारप्रसारको सुरुदेखि नै अमेरिकी जनता, पर्यवेक्षक र अमेरिकी राजनीतिसँग सरोकार वा चासो राख्ने बाह्य विश्व समूदायले हिलारी क्लिन्टनले जित्ने नै बलियो अनुमान गरेका थिए ।

अमेरिकाको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्न विजयको नजिकै पुग्न लागेकी थिइन् । क्लिन्टनले अन्तिम क्षणमा पराजयको पीडा भोग्नु पर्यो । मत प्राकाप्ति रुपमा अगाडि नै रहनुभएकी क्लिन्टन अमेरिकाको मतदानको पराम्पराअनुसार राज्यको हिसाबबाट पछि पर्दै हारेका थिए ।

विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने संयुक्त राज्य अमेरिकाको इतिहासमा नै पहिलो पटक सशक्त महिला उम्मेदवार चुनावी मैदानमा उत्रनाले विश्वभर नयाँ चर्चाको विषय बनेको यथार्थमा फेरि एक पटक सेलायो । सम्पूर्ण विश्वलाई महिला अधिकारको पाठ सिकाउने अमेरिकाको ४५ औं राष्ट्रपति पदमा पनि बर्षौदेखिको राजनितिक इतिहास बोकेकी एउटी महिला विजयी हुन सकिनन् । अमेरिकामा ४५ औं राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका नेता डोनाल्ड एक पुरुष नै उदय भयो । महिलालाई अत्यन्त शक्तिशाली देशको राष्ट्रपतिको रुपमा हेर्ने चाहाना बोकेका विश्वका कैयौ महिलालाई नराम्रो अनुभव गरौं ।

तर समयको पर्खाइपछि अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति बन्नु भो । जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो । उनीहरुकी जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएको थियो । पितासँग अलग भएपछि कमला र उनकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए । हाइस्कुलको पढाइ सकिने बित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरेका थिए ।

पच्पन्न वर्षीया कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताएका थिए । तर उनी गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएका हुन् । क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय हुन् । उनकी आमा भारतमा जन्मिएकी र पिता जमैकामा जन्मेकाले उनलाई अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरेको छ ।

उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेका हुन् । उनले सँधै आफूलाई “एक अमेरिकी“ भन्ने गर्थिन् । भारतीय–जमैकन मूलकी उनी क्यालिफोर्नियाकी सांसद रहेकी थिइन् र कुनैबेला त उनले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिनुभएको चर्चा पनि व्यापक भएको थियो । पछि उनी राष्ट्रपतिको उम्मेदवारको दाबीबाट हटेपछि पनि उनको नाम चर्चामा नै रहेको थियो ।

ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसकेका थिइन् । उनले केही समयमात्र अघि अमेरिकामा देशव्यापीरूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राखेकी थिइन् । त्यस क्रममा पनि उनी चर्चामा आएकी थिइन् । उनले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गरेकी थिइन् ।

कमला ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला थिइन् । श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उनकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गरेका थिए । केही समयअघि अमेरिकाका एकजना अस्वेत नागरिकलाई प्रहरीले गरेको दुव्र्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अश्वेत नागरिकको पक्षमा लागेर काम गरेकी थिइन् ।

कमला अमेरिकामा उच्च पदमा पुग्न सफल हुनु भो । अब अमेरिकी राष्ट्रपति पदमा महिला पुग्नको लागि एक पाइला मात्र बाँकी भएको छ । उनका यी दायित्वहरु बाँकी नै रहेको भएपनि अमेरिकाजस्तो विश्व राजनीतिमा आफूलाई सधैँ अब्बल दर्जामा राख्न चाहने देशले पहिलो महिला राष्ट्रपति पाउने यस अवसरलाई भने अवसरकै रुपमा प्राप्त गर्नेछ भन्ने अनुमान धेरैले गरिरहेका छन् । (विभिन्न एजेन्सीहरुको सहयोगमा)रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top