×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

संवैधानिक इजलासमा अधिवक्ता भण्डारीले भने – ‘के म तमासे हो र ?’

१३ माघ २०७७

काठमाडौं : वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो ‘आफू तमासे हो र?’ भन्ने प्रश्न सर्वोच्च अदालतअन्तर्गतको संवैधानिक इजलासमा राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ हुँदाहुँदै सोमबार वरिष्ठतम अधिवक्ता भण्डारीले भन्नुभयो– ‘के म तमासे हो र?’ सो प्रश्न सोध्नुअघि उहाँ कुर्सीमा बसिरहनुभएको थियो ।

प्रधानमन्त्री ओलीले तीन दिनअघि ‘एक जना बाजे वकिललाई तमासा देखाउन संवैधानिक इजलासमा बहस गर्न लगेछन्’ भन्ने टिप्पणी गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको सो टिप्पणीपछि कानुनसँग सम्बन्धित निकायहरुले प्रधानमन्त्रीको विरोधस्वरुप विज्ञप्ति जारी गरेका थिए ।

Advertisement

वरिष्ठतम अधिवक्ताले सो प्रश्न राखेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले सो विषयमा प्रवेश नगरौं भनी जवाफ दिनुभएको थियो । वरिष्ठतम अधिवक्ता भण्डारीले ८ दिनअघि नै प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्छ भन्दै इजलासमा बहस गर्नुभएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका रिट निवेदनका पक्षमा विगत ८ दिनदेखि लगातार सुनुवाइ भइरहेको छ ।

सोमबारको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीसँग दुईथरी संविधान भएको उल्लेख गर्नुभएको थियो । एउटा राज्यको संविधान र अर्को आफूलाई जे मन लाग्यो सो गर्नका लागि तयार भएको गरी दुईवटा संविधान प्रधानमन्त्रीसँग भएको व्यङ्ग्य वरिष्ठ अधिवक्ता शम्भु थापाले गर्नुभएको थियो ।

उहाँले संविधानभन्दा बाहिर गएर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको उल्लेख गर्नुभएको थियो । यसैगरी अधिवक्ता मेघराज पोखरेलले प्रधानमन्त्री ओलीले गलत मनसाय लिई प्रतिनिधिसभा विघटन गर्नुभएको आरोप लगाउनुभएको थियो ।

Advertisement

प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको पक्षबाट सोमबारसम्म करिब ३० जना कानुन व्यवसायीहरुले बहस सकाएका छन् ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top