नेदरल्यान्ड्समा लकडाउनविरुद्धको प्रदर्शनमा हिंसात्मक झडप

१२ माघ ७७, मंगलबार

१३ माघ, बीबीसी ।
नेदरल्यान्ड्समा तेस्रो दिन लगातार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

बढ्दो कोरोना संक्रमणपछि जारी गरिएको लकडाउनको विरोध गर्दै मानिसहरु सडकमा उत्रिएका हुन् । जसमा हालसम्म देशभरबाट २५० जना पक्राउ परिसकेको स्थानीय मिडियाले जनाएको छ ।

नेदरल्यान्ड्समा १० लाखभन्दा धेरै मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने १३ हजार ५०० जनाको यसबाट मृत्यु भएको छ । सरकारले अहिले महामारी सुरु भएदेखिकै सबैभन्दा कडा लकडाउन जारी गरेको हो जसमा राति ९ बजेदेखि बिहान ४ः३० बजेसम्म कर्फ्यु जारी गरिएको छ ।

Advertisement

दोस्रो विश्वयुद्धपछि पहिलोपटक नेदरल्यान्ड्समा यस किसिमको नियम लागु गरिएको हो । कसैले नियम उल्लंघन गरे ११५ डलरसम्मको जरिवाना तोकिएको छ ।

नेदरल्यान्ड्समा गत अक्टोबरदेखि नै देशभरका रेस्टुरेन्ट र बारहरु बन्द छन् छ । स्कुललगायत अन्य व्यवसायहरु पनि गएको महिनादेखि बन्द गराइएको छ । नयाँ प्रकारको भाइरसको डरले बेलायत, दक्षिण अफ्रिका र दक्षिण अमेरिकाबाट उडान हुने विमानमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोनासम्बन्धी नयाँ नियमको विरोधमा सोमबार भएको प्रदर्शनमा देशभरका विभिन्न सहरहरुमा हिंसात्मक दृश्य देखियो । धेरै क्षतिबारे रिपोर्ट गरिएपछि एम्सरडर्ममा पनि ठूलो संख्यामा प्रदर्शनकारीहरु पक्राउ परेको बताइएको छ ।

यसअघि, रोटरडमका मेयरले आपत्कालीन निर्देशन जारी गरेका थिए । जसले प्रहरीहरुलाई पक्राउ गर्नेसम्बन्धी अझ बढी शक्ति दिलाएको छ । आइतबारको हिंसात्मक झडपलाई डच प्रहरीहरुले चार दशककै सबैभन्दा खराब किसिमको हिंसा र अशान्ति भनेर व्याख्या गरेका थिए ।

शनिबारको आन्दोलनमा कोभिड परीक्षणका केन्द्रहरुमा पनि आगजनी गरिएको थियो । उता, प्रहरीले एकजना ३९ वर्षीय व्यक्तिलाई पत्रकारहरुविरुद्ध धम्कीपूर्ण सन्देश पोस्ट गरेको आरोपमा पक्राउ गरेको छ ।

विभिन्न सहरमा मेयरहरुले आपत्कालीन उपाय अपनाइ थप क्षतिबाट जोगाउने वचन दिइरहेका छन् । प्रधानमन्त्री मार्क रुटले आन्दोलनको कडा शब्दमा निन्दा गर्दै यसलाई ‘अपराधिक हिंसा’ ठहर गरेका छन् ।

सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो कदापि स्वीकार गर्न नसक्ने बताए । उनले भने, “यी मानिसहरुको विरोध प्रदर्शनसँग कुनै लेनदेन छैन । यो पूर्ण रुपमा अपराधिक हिंसा हो र हामी त्यसैअनुरुप यसमाथि कारबाही अघि बढाउनेछौँ ।”

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top