भीरबाट खसेर मृत्यु

२१ जेठ ७५, सोमबार

विराटनगर,जेठ २१
सोलुखुम्बुको थुलुङ–दुधकोशी गाउँपालिका ६ बस्ने अन्दाजी ४५–४६ वर्षका टुक्के गुरुङको भेराखोरको भीरबाट लडेर मृत्यु भएको छ।

Advertisement

आइतबार दिउँसो जंगलमा घाँस काट्न जान्छु भनि हिडेका गुरुङ साँझसम्म घर नफर्केपछि खोजी गर्दै जाँदा उनको शव भीरबाट तल भेटिएको सोही वडाका वडाध्यक्षले आइतबार साँझ प्रहरी चौकी नेलेमा जानकारी गराएका हुन् ।

घटनास्थलमा प्रहरी चौकी नेलेबाट टोली खटिगई कानूनी प्रकृया पुरा गरी अन्य अनुसन्धान कार्य भई रहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top