ट्रम्पमाथिको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा पेश

१२ माघ ७७, मंगलबार

१३ माघ, एजेन्सी ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्ममाथि लागेको महाअभियोग तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले माथिल्लो सदन सिनेटलाई बुझाएको छ ।

तल्लो सदनले जनवरी १३ मा ट्रम्ममाथि महाअभियोग लगाउने प्रस्ताव पारित गरेको थियो । सभामुख न्यान्सी पेलोसीले नियुक्त गरेको तल्लो सदनका महाअभियोग व्यवस्थापकहरुले सोमबार माथिल्लो सदनलाई ट्रम्ममाथिको महाअभियोग प्रस्ताव बुझाएका हुन् ।

योसँगै ट्रम्पमाथि दोस्रो पटक लागेको महाअभियोगको सुनुवाई प्रक्रियाका लागि मार्ग प्रसस्त भएको छ । जनवरी ६ मा राष्ट्रपतिमा जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्न सदनको संयुक्त शत्र जारी रहेका बेला नतिजा उल्ट्याउने मनसायसहित ट्रम्पका समर्थकहरुले हिंसात्मक आक्रमण गरेका थिए ।

Advertisement

एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको सो आक्रमण अमेरिकी प्रजातन्त्रमाथिको बिद्रोह रहेको र त्यसका लागि उक्साएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको हो ।

जनवरीमा २० मा उनी आफ्नो पहिलो कार्यकाल पूरा गरेर सत्ताबाट बिदा भएका छन् । सोही दिन शपथ लिएका बाइडेनले अहिले तीव्र रुपमा कार्यकारी आदेशहरु जारी गरेर आफ्नो प्रशासनको रणनीतिक मार्ग तय गर्ने प्रयास गरिरहेका छन् ।

अमेरिकी इतिहासमा दुईपटक महाअभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका ट्रम्प सत्ताबाट बाहिरिए पनि सिनेटमा सुनुवाई हुनेछ । ट्रम्पले सुनुवाईका लागि आफ्ना वकिलहरुको टिम बनाउने प्रक्रिया थालेका छन् ।

सिनेटमा आउँदो फेब्रुअरी ९ देखि महाभियोगमाथि सुनुवाई सुरु हुने सम्भावना छ । यसैबिच राष्ट्रपति बाइडेनले महाअभियोग प्रस्तावमाथि सुनुवाई चाँडो हुनु पर्ने पक्षमा आफू रहेको बताएका छन् ।

सिएनएनकी चिफ ह्वाइट हाउस करेसपोन्डेन्ट केट्लन कोलिन्ससँगको संक्षिप्त वार्तामा बाइडेनले सिनेटमा सुनुवाई हुनु पर्ने बताएका हुन् । त्यसको प्रभाव आफ्ना मन्त्रीहरुको सुनुवाई तथा रणनीतिहरुमा पर्ने भए पनि महाअभियोग प्रस्ताव अति महत्वपूर्ण रहेको बाइडेनले बताएका हुन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top