कोरोनाविरुद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. राजभण्डारीले लगाउने

१३ माघ, काठमाडौँ । सरकारले बुधबारदेखि देशव्यापी रूपमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू गर्दैछ ।

कोरोना भाइरसविरूद्धको पहिलो खोप टेकु अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे काठमाडौंको तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । जसमा टेकु अस्पताल, टिचिङ अस्पताल र एपिएफ अस्पताल छन् ।

Advertisement

निर्देशक राजभण्डारीले तीन वटा अस्पतालमा एकैपटक खोप लगाउन सुरू गरिएपनि सुरूमा टेकु अस्पतालमा लगाइने जानकारी दिए ।

उनले आफूसहित टेकु अस्पतालका सबै स्वास्थ्यकर्मीले खोप लगाउने बताए ।

Advertisement

अस्पतालले बनाएको खोप लगाउने सूचीमा निर्देशक राजभण्डारी पहिलो नम्बरमा छन् । त्यसपछि सरूवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले खोप लगाउने छन् ।

अहिले खोपलाई लिएर केही नकारात्मक सन्देशहरू पनि आइरहेकाले निर्देशक राजभण्डारीले आफूले सुरूमा खोप लगाएपछि सकारात्मक सन्देश प्रवाह हुने बताए । स्वास्थ्यकर्मीहरू पनि अन्यौलमा देखिएको र यसरी आफूले सुरूमा खोप लगाएपछि अन्य स्वास्थ्यकर्मीहरूले लगाउने बताए ।

उनले टेकु अस्तपालबाट झन्डै २५ सय जना फ्रन्टलाइनरर्सलाई खोप लगाइने जनाए । जसमा अस्पतालका स्वास्थ्यकर्मी, काठमाडौं महानगरपालिका स्वास्थ्यकर्मी र सफाइकर्मी रहेको निर्देशक राजभण्डारी बताउँछन् ।

उनले बिहान १० बजेदेखि २ बजेसम्म खोप सेवा प्रवाह गरिने बताए ।

सरकारले बुधबारदेखि देशव्यापी रूपमा खोप अभियान सुरू गर्न लागेको हो। त्यसका लागि सातै प्रदेशमा खोप पु¥याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

विभाग अन्तर्गतको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले ४ लाख ३० हजार जनालाई खोप लगाउने तयारी रहेको बताए।

सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरूमा स्वास्थ्यकर्मी र फ्रन्टलाइनमा खटिने कर्मचारीलाई लगाउन लागेको हो।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top