×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

आर्मीलाई एपिएफले पाखा लगायो

१३ माघ २०७७

१३ माघ, काठमाडाैँ ।

काठमाडौमा जारी महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको खेलमा एपिएफले लगातारका तीन खेलमा स्पष्ट जित निकालेको हो ।

Advertisement
Advertisement

यस्तै अर्को खेलमा पुलिसले मोफसलको वालिङसँग १–१ को बराबरी खेलेको हो । एपिएफले स्पष्ट तेस्रो खेलमा जित निकाल्दा पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एपिएफकालागि अञ्जली योन्जन र सरु लिम्बुले पहिलो हाफमा गोल गरेका थिए । अञ्जलीले २७औं मिनेटमा पहिलो गोल गर्दा इन्जुरी समयमा सरु लिम्बुले गोल गर्दै टोलीको अग्रता २–० मा पु¥याएकी थिइन् । जितसँगै एपिएफको तीन खेलबाट ९ अंक भएको छ । पराजित आर्मीको ४ अंक भएको छ ।

लिग अन्तर्गत मंगलबारकै पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मुख्यालयमा वालिङले लिएको सुरूआती अग्रता लाइ पुलिसले दोस्रो हाफमा बराबरी गर्दै अंक खोसेको हो । वालिङका लागि विदेशी खेलाडी मिथो इल्डाइ रूथले ५३ औं मिनेटमा गोल गरेकी थिइन् ।

Advertisement
Advertisement

पहिलो हाफगोल रहित बराबरी खेलेका टोलीले दोस्रो हाफमा आक्रामक खेल खेलेका थिए । पछि परेको विभागीय टोलीका लागि रेखा पौडेलले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएकी थिइन् । त्यसपछि दुबै टोलीले स्पष्ट जितका लागि प्रतिस्पर्धा गरे पनि पाएका राम्रा अवसर सदुपयोग गर्न नसक्दा दुबै टोलीले अंक बाँडेका हुन् । तीन खेलबाट पुलिसको ५ अंक भएको छ भने वालिङको २ अंकमात्र भएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top