कांग्रेसको निष्कर्ष: ओलीले प्रधानमन्त्री पदको गरिमा राख्न सकेनन्

१२ माघ, काठमाडाैँ ।

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । मंगलबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको हो ।

कांग्रेसले माघ १९ गते पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन र विरोध सभा गर्ने, माघ २४ गते पार्टीका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन तथा सभा गर्ने र माघ ३० गते नेपाली कांग्रेस जिल्ला कार्य समितिको आयोजनामा जिल्ला सदरमुकाममा विरोध सभा तथा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पार्टी केन्द्रले घोषणा गरेको कार्यक्रमको अलावा जिल्ला समिति र भातृ संगठनहरुले आवश्यकता अनुसार कार्यक्रम गर्नसक्ने निर्णय गरेको पनि उनले बताए ।

Advertisement

नयाँ संघीय संरचना अनुरुप पार्टीको स्थानीय सांगठनिक संरचनालाई समायोजन गर्न जिम्मेवारी पाएअनुसार ७४ वटा जिल्लामा समायोजन कार्य पुरा गरेकोमा बैठकले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन पनि गरेको छ । र बाँकी रहेको समायोजनको काम सम्पन्न गर्नपनि पुनः निर्वाचन समितिलाई जिम्मेवारी दिईएको छ ।

Advertisement

त्यसैगरी बैठकले नेपाली कांग्रसका भातृ संगठनहरु नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भुतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी÷जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनासम्मको लागि थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

त्यसैगरी नेपाली कांग्रेसको कतार, मलेसिया, बहराइन, मलेसिया र साउदी अरबको जनसम्पर्क समितिको क्रियाशिल सदस्यलाई स्वीकृत गरिएको छ । बैठकले माल्टामा रहेका नेपालीहरुले गठन गरेको जनसम्पर्क समितिलाई आबद्धता प्रदान गर्ने निर्णय गरेको छ । बैठकले नेपाली जनसम्पर्क समिति युएइको विधानलाई स्वीकृत गरेको छ भने इजरायल जनसम्पर्क समितिको म्याद सकिएको मितिले बढीमा ६ महिनाभित्रमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यकाल थप गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताए।

सोमबार नागरिकले प्रतिनिधि सभा विघटनको विरोधमा गरेको प्रदर्शनमा सरकारले गरेको दमनलाई नेपाली कांग्रेसले गम्भिरतापूर्वक लिदैँ बिरोध गरेको पनि प्रवक्ता शर्माले बताए । बैठकले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उक्त दमनलाई निन्दा र भत्र्सना गरेको उनको भनाई छ ।

त्यसैगरी प्रधानमन्त्रीले पछिल्लो समय प्रतिनिधि सभा विघटनको विरोध गर्नेलाई अनुचित टिप्पणी गर्ने गरेको कांग्रेसको ठहर छ । अदालतमा विचाराधिन मुद्धालाई समेत तमासा भनेर ९४ वर्षिय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी लाई गरेको टिप्पणी तथा पत्रकारकारमाथि पनि अशोभनिय टिप्पणी गरेकाले प्रधानमन्त्रीको टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न असफल भएको निष्कर्ष बैठकले निकालेको प्रवक्ता शर्माले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top