ग्वाटेमालामा ज्लालामुखी विस्फोटमा २५ को मृत्यु

२१ जेठ ७५, सोमबार
Share this
789shares

ग्वाटेमाला, जेठ २१
सिन्ह्वाबाट प्राप्त एक समाचारमा जनाइएअनुसार ग्वाटेमालामा भएको ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि २५ जनाको ज्यान गएको छ ।

Advertisement

उक्त ज्वालामुखी ग्वाटेमालाको राजधानी सहरको नजिकै विस्फोट भएको हो । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसमा परी अरु करिब २०० जना घाइते भएका छन् । यहाँको सेना र प्रहरीले उद्धारको काम जारी राखेको छ । जसका कारण ठूलो संख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको छ ।

Advertisement

स्थानीयवासीलाई उद्धार गरेर अर्काे स्थानमा सार्न पनि ठूलो संख्यामा सेना परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । आइतबार राति भएको यस विस्फोटमा परी कम्तीमा पनि १७ लाख मानिस प्रभावित भएका छन् ।

त्यसैगरी यस प्रकोपका कारण उक्त ज्वालामुखी विस्फोट भएको क्षेत्रका करिब तीन हजार नागरिकलाई अन्यत्रै सारिएको छ । यहाँका उद्धारकर्मीले यस ज्वालामुखी निकै शक्तिशाली भएकोले यसबाट ठूलो क्षति हुनसक्ने बताएका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top