चिनियाँ खानीबाट उद्धार गरिएका श्रमिक भन्छन्: ‘मैले पुनर्जन्म पाएको महशुस गरेको छु’

१४ माघ ७७, बिहीबार

१४ माघ, काठमाडाैँ ।

खानीमा फसेका ११ चिनियाँ श्रमिकको उद्धार भएपछि उनीहरूले आफूहरूले पुनः जन्म पाएको महशुस गरेको बताएका छन् भने खानीमा फसेका अझै एकको अवस्था अज्ञात रहेको छ भने १० जना मृत भेटिएका छन् ।

दुई हप्ता पछि आफूहरूलाई नाटकीय रूपमा उद्धार गरेपछि आफूहरूलाई यो घटना एउटा सपनाजस्तो लागेको उनीहरूले बताएका छन् ।

Advertisement

“मलाई पुनःजन्म लिएको महशुस भइरहेको छ,” खानीमा जनवरी १० मा फसेकामध्ये उद्धार गरिएका डु थर भएका एक श्रमिकलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सीजीटीएनले आफ्नो समाचारमा लेखेको छ । अस्पतालमा उपचार गराइरहेका डु लामो समयपछि आफूलाई जीवितै उद्धार गर्ने अधिकारीहरूप्रति खुशी प्रकट गर्दै भने, “मैले एउटा सपना देखेजस्तो भएको छ जसमा म आफै मृत्युलाई जितेर पुनः यस धर्तीमा आउने अवसर पाएको महशुस भएको छ ।”

उनले भने, “पहिलो नौ दिनसम्म हामीसँग खानेकुरा थिएन । हाम्रो उद्धारमा खटिने अधिकारीलाई व्यक्त गर्ने शब्द नै छैन । धेरै खुशी छौँ ।” डु उद्धार गरिएका श्रमिकमध्ये आफू जीवितै रहेको सूचना पठाउने एक श्रमिक हुन् । जसका कारण उनीहरूलाई नौ दिनपछि पहिलो पटक औषधि, खानेकुरा र सूचना आदानप्रदानका लागि खानीभित्र फोन पठाइएको थियो ।

Advertisement

उद्धार गरिएका अर्का श्रमिले भने, “यति गहिराईसम्म चट्टान खनेर उद्धार गर्नु कम चुनौतीपूर्ण काम थिएन । हाम्रो उद्धारमा खटिएका सुरक्षाकर्मी तथा सम्पूर्ण टोलीप्रति हामी कृतज्ञ छौँ ।”

खानीमा फसेकामध्ये टाउकोमा चोट लागेका एक श्रमिकको गत हप्ता मृत्यु भएको थियो भने अन्य नौ जना गत सोमबार मृत अवस्थामा फेला परेका थिए । अझै एक व्यक्तिको अवस्था अज्ञात रहेको र उनको खोजी भइरहेको छ ।

उद्धार गरिएका सबै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरूको स्थानीय उक अस्पतालमा उपचार भइरहेको छ । खानीमा रहँदा श्रमिकहरूले एक अर्कालाई आश्वासन दिँदै सबैको उद्धार हुने बताउने गरेको तर आफू भने भोकले खानी भित्रै मरिने हो कि भन्ने अवस्थामा पुगेको डु ले बताए । जमिनको सतहबाट पुगेको खाना, औषधि र फोनले आफूहरूमा बाँकि जीवन जीउने आशा पलाएको उनले बताए ।रासस/एएफपी

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top