अर्थमन्त्री पौडेलद्वारा एकै दिन ३ पुल उद्घाटन

१४ माघ ७७, बिहीबार

१४ माघ, रुपन्देही ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकाभित्र निर्माण सम्पन्न ३ ठूला पुल बुधवार एकै दिन उद्घाटन गरेका छन्। उनले तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका ३ ठूला पुल अर्थमन्त्री पौडेलले उद्घाटन गरेका हुन्।

बुधवार बिहान तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, नयाँगाउँस्थित दानव नदीमा रहेको पुल र देवीनगरस्थित तिनाउ पुल उद्घाटन भएको हो ।

Advertisement

 तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा निर्माण सम्पन्न भएको हो । २०७३ असार २९ गते निर्माण सुरु भएको सो पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो । डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी इ. कृष्ण कुँवरका अनुसार १८० मिटर लम्बाई र ११ मिटर चौडाइ रहेको पुलको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।

त्यसैगरी देवीनगरस्थित हात्तिसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो । ११० मिटर लम्बाई ११ मिटर चौडाइ रहेको यो पुल लुम्बिनी अरनिकोले जिम्मा पाएको थियो । २०७२ असार ३० मा निर्माण सुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो । यसको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

Advertisement

त्यसैगरी नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो । २०६९ असार २४ गते निर्माण सुरु भएको यो पुल २०७६ भदौ ३० गते मात्र सम्पन्न भएको हो । स्थानीयको विवादका कारण लामो समय अलपत्र परेको थियो । ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाइ रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको पनि जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top