एभरेष्ट सुगर मिलबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो

१५ माघ, महोत्तरी । एभरेष्ट सुगर मिल रामनगरले उद्योगबाट उत्पादित ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको छ ।

महोत्तरीको गौशाला नगरपालिका-१ मा रहेको एभरेष्ट सुगर मिल रामनगरले उद्योगबाट उत्पादित ३ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

चिनी उद्योगको उखुको खोस्टा (बगास) को प्रयोग गरी उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । उद्योगका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोली पुगेर परीक्षण उत्पादन सुरु गरेको हो ।

Advertisement

उद्योगले उत्पादन गरेको विद्युत १२ किलोमिटर दूरीमा रहेको औरही सबस्टेसनमा लगेर जोडिएको छ । चिनी उद्योगबाट प्राधिकरणलाई बिक्री गर्ने गरी पहिलो पटक विद्युत उत्पादन भएको हो । बगासबाट विद्युत उत्पादन गर्न उपकरणबाहेक १२ करोड रुपैयाँ खर्च भएको ठाकुरले बताए ।

उद्योगले विद्युत उत्पादन गर्न आफ्ना पहिलेकै उपकरणको प्रयोग गरेको छ । उद्योगले आफ्नो आन्तरिक खपतका लागि लामो समयदेखि आफैँ विद्युत उत्पादन गर्दै आइरहेको छ ।

Advertisement

उद्योगसँग १२ मेगावाटसम्म विद्युत उत्पादन गर्न सक्ने उपकरण छन् । उद्योगमा खपत भएर बढी भएको ३ मेगावाट विद्युत मात्रै प्राधिकरणलाई बेच्न लागिएको हो ।

उखुको मौसममा उद्योगले ११ मेगावाटसम्म विद्युत उत्पादन गर्दै आएको छ । एभरेष्टसँगै सर्लाहीको इन्दुशंकर, बाराको रियलाइन्स चिनी उद्योगले पनि व्यावसायिक विद्युत उत्पादनका लागि प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेका छन् ।

इन्दुशंकर र रियलाइन्सले पनि यो वर्षको उखु सिजनबाट विद्युत बेच्ने तयारी गरिरहेका छन् । प्राधिकरणले चिनी उद्योगले उत्पादन गर्ने विद्युत हिउँदको ४ महिना प्रतियुनिट ८.४० रुपैयाँमा खरिद गर्नेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top