महामारीको उत्पत्तिबारे अनुसन्धान गर्न वुहान पुगेको डब्ल्यूएचओ टोलीको क्वरेण्टीन अवधि पूरा

१५ माघ, एजेन्सी । चीनको वुहान पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टोलीले क्वरेण्टीन अवधि पूरा गरेको छ । क्वरेण्टीन अवधि पूरा गरेसँगै डब्ल्यूएचओको टोलीले कोरोना भाइरसको उत्पत्तिको बारेमा ‘फिल्ड’ जाँच गर्न सुरु गर्नेछ ।

डब्ल्यूएचओको वैज्ञानिकको टोलीले कोरोनाको प्रारम्भिक प्रकोपसँग जोडिएका अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ ।

अनुसन्धानका क्रममा यो टोलीले चिनियाँ अधिकारीहरुले दिएको प्रमाणलाई आधार मान्नेछ ।

Advertisement

१४ सदस्यीय डब्ल्यूएचओको टोली गएको जनवरी १४ मा वुहान पुगेको थियो । यो टोली दुई हप्ता क्वरेण्टीनमा बसेको हो । क्वरेण्टीनमा रहँदा यो टोलीले चिनियाँ वैज्ञानिकहरुसँग भर्चुअल रुपमा कुराकानी गरेको थियो ।

बिहीवार यो टोली होटलबाट बाहिर निस्किएर बसमार्फत अनुसन्धान गर्ने ठाउँतर्फ लागेको बताइएको छ ।

Advertisement

यसअघि आफ्ना अनुसन्धानकर्ताहरुलाई चीन प्रवेशमा रोक लगाइएको डब्ल्यूएओले जनाएको थियो । पछि चीनले त्यसो हुनुमा राम्रोसँग सम्पर्क हुन नसकेको जनाएको थियो ।

सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण भेटिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

सम्बन्धित समाचार

Scroll to Top