सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि

१५ माघ ७७, बिहीबार

१५ माघ, सियोल।

Advertisement

दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ ।

सन् २०२० मा कम्पनीको सञ्चालन नाफा ३२ अर्ब ३० करोड डलर भएको र यो अघिल्लो वर्षको तुलनामा २९.६ प्रतिशतले बढी हो । कम्पनीको इतिहासमै यो चौथो सर्वाधिक बढी नाफा हो ।

Advertisement

यस्तै, सन् २०२० मा कम्पनीको कूल राजश्वमा २.८ ले वृद्धि भई दुई खर्ब १२ अर्ब डलर पुगेको छ । कोभिड–१९ का कारण अनलाइन कक्षाहरु र घरबाटै काम गर्नुपर्ने नियमका कारण पनि विद्युतीय सामानको खरिद व्यापक रुपमा बढेपछि नाफा पनि बढेको कम्पनीले जनाएको छ । यस्तो खरिद खासगरी सन् २०२० को पछिल्ला छ महिनामा व्यापक रुपमा वृद्धि भएको थियो ।

कोरोना महामारीका कारण सन् २०२० को पहिलो छ महिनामा विश्व अर्थतन्त्रमा शिथिलता आएका कारण विद्युतीय उपकरण खरिदमा पनि मन्दीको अवस्था थियो ।रासस–सिन्ह्वा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top