विनोद चौधरीको नेतृत्वमा गरिखाने अभियान शुरु

१५ माघ ७७, बिहीबार

१५ माघ, वीरगंज ।

Advertisement

नेपालीलाई नेपालीले नै रोजगारी दिने र त्यसका लागि सानै भए पनि उद्यम खोल्नुपर्छ भन्ने मान्यताका साथ आज वीरगन्जबाट नेपाली काँग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ सुरु गरेको छ ।

वीरगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उद्योगपति समेत रहेका नेपाली काँग्रेसका नेता एवं निवर्तमान सांसद विनोद चौधरीले नेपालका ६० लाख युवाको जमात रोजगारी र उद्यमको बजारमा रहेर पनि उनीहरूले आफ्नै देशमा केही गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको हुँदा अब स्वदेशमै केही गर्नुपर्ने भन्ने उद्देश्यका साथ युवा जमातलाई सानै भए पनि उद्यम खोल्न अभिप्रेरित गर्नुपर्ने कुरामा जोड दिए ।

Advertisement

चौधरीले कुनै पनि राष्ट्र सम्पन्न हुने परिकल्पना गर्नका लागि सबैभन्दा पहिला समाजमा गरिखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्ने कुरामा जोड दिँदै जबसम्म गरिखाने सोच भएकाहरूलाई समाजले महत्व दिँदैन, तबसम्म समस्या समाधान नहुने बताए ।

विदेशमा काम गरेको भरले राज्य केही दिन, केही वर्ष चल्न सक्छ, सधैँभरि सम्पन्न राष्ट्र बन्न सक्दैन । कोरोना महामारीले पनि हामीलाई पाठ सिकाएको बताए। सो अवसरमा चौधरीले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पङ्क्तिमा रहेकाहरूलाई अभियानमा समेट्ने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top