NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

समुद्रमा अत्यधिक माछा मार्ने कार्यले शार्कको संख्यामा नाटकीय रुपमा कमीः अध्ययन

बिहिबार माघ १५ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
समुद्रमा अत्यधिक माछा मार्ने कार्यले शार्कको संख्यामा नाटकीय रुपमा कमीः अध्ययन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ माघ, टोकियो।

समुद्रमा अत्यधिक माछा मार्ने गरिएपछि शार्कका कतिपय प्रजातिको संख्या पछिल्लो ५० वर्षमा ७० प्रतिशतभन्दा बढीले समाप्त भइसकेको एक अध्ययनले देखाएको छ । माछा मार्नेक्रम वर्षैपिच्छे बढेपछि सामुद्रिक जीवनचक्रमै ठूलै खाडल सिर्जना भएको पनि अध्ययनको निचोड छ ।

अनुसन्धाताहरुले हथौडाजस्तो टाउको हुने शार्कदेखि चराजस्तो देखिने विशाल माछा सम्मका अनेकौं प्रजातिको डरलाग्दो रुपमा ह्रास आइरहेको बताएका छन् । सर्वाधिक प्रभावित जीवजन्तुमा सामुद्रिक विशाल शार्कहरु ९ओसियानिक ह्वाइटटिप० रहेका छन् जसले मानिसलाई आक्रमण गरिरहन्छ । मानवीय क्रियाकलापका कारण यस प्रजातिको शार्क लोपोन्मुख अवस्थामा पुगिसकेको छ ।

Advertisement

यी शार्कलाई मानिसले पखेंटाका लागि शिकार गर्दछन्, र विश्वका कतिपय मुलुकमा ठूलै मूल्यमा खुलेआम बिक्री गर्दछन् । यी शार्कको विश्वव्यापी संख्या विगत ६० वर्षमा करिब ९८ प्रतिशतले घटेको साइमन फ्रेजर विश्वविद्यालय ९एसएफयु० का प्राध्यापक एवं अध्ययन टोलीका वरिष्ट लेखक निक डल्भीले बताए।

उनले भने, “यी शार्कको विनाश अन्य अधिकांश विशाल स्तनपायीको विनाशभन्दा बढी भयावह देखिएको छ । ब्यू ह्वेलको विनाशभन्दा अहिलेको अवस्था नाजूक छ ।” अध्ययनका प्रमुख लेखक नाथन पचौडाले भने, “यी जीवजन्तु पृथ्वीका सबैभन्दा ठूला र दूरदराजमा बासस्थान रहेका छन् जसलाई प्रायः मानव प्रभावबाट जोगाउनु पर्ने ठानिन्छ ।”

“हामीलाई थाहा छ भिन्नभिन्न अध्ययन र प्रतिवेदनहरुबाट आएका ती सूचनाहरु धेरै स्थानमा अवस्था निकै खराब थियो । त्यसैले विश्वव्यापी परिस्थितिको बारेमा कल्पना गर्न निकै गाह्रो थियो” एसएफयुका जैविक विज्ञान विभागका पचौडाले बताए । नेचर नामको जर्नलमा बुधबार प्रकाशित अध्ययनले अत्यधिक माछा मार्ने र कमजोर संरक्षणलाई औंल्याएको छ । संरक्षणका प्रयासले पुनः उही अवस्थामा ल्याउन सकिने पनि अध्ययनको निचोड छ ।

यो अनुसन्धानले खासगरी सामुद्रिक शार्क र ठूला माछालाई केन्द्रित गरेको छ । यी जीवहरु मुख्यरुपमा खुला जलक्षेत्रमा बस्छन् । प्राध्यापक पचौडाले भने, “तथ्य विवरणले सामुद्रिक जीवनमा ठूलै र अकल्पनीय खाडल सिर्जना गर्दैछ ।”

अध्ययनमा समेटिएका १८ प्रजातिहरुको विश्वव्यापी संख्या सन् १९७० यता ७० प्रतिशतभन्दा बढी नै खस्किएको प्रतिवेदनमा उल्लेख छ । डल्भीको भनाईमा अन्य प्रजातिका सामुद्रिक जीवजन्तुको यो संख्या सामुद्रिक शार्क र ठूला माछाको जस्तै वा त्योभन्दा खराब अवस्था रहेको छ । तर त्यसबारे विस्तृत अध्ययन हुन पाएको छैन । पचौडाले भने, यो नतिजाले विज्ञहरुलाई निकै चिन्तित बनाएको छ ।

अध्ययनका अर्का लेखिका एवं म्यारिन मेगाफौना फाउन्डेसनका सहसंस्थापिका आन्द्रे मार्शलले भन्नुभयो, ठूला सामुद्रिक माछाहरुको संख्या मोजाम्बिकको जलक्षेत्रमा पनि नाटकीय रुपमा कमी आएको छ । “हामीले अनुमान गरेभन्दा यो निकै छिटो गतिमा भइरहेको छ र यसका बारेमा जतिसक्दो चाँडो संरक्षणका कार्यहरु गरिनु पर्दछ ।”

तीन प्रजातिका शार्कहरु खासगरी हथौडा आकारको टाउको हुने शार्क बढी नै संकटापन्न अवस्थामा छन् । यिनीहरुको संख्या ८० प्रतिशतभन्दा बढीका दरले घटेको छ । यी शार्कहरुको संख्या घट्नुमा मुख्यतः यिनीहरुको प्रजननको दर कम हुनु र हुर्किनेक्रम पनि सुस्त हुनु हो । पछिल्लो आधा शताब्दीमा माछा मार्न प्रयोग गरिने घातक जालहरुको संख्या पनि दुई गुणा बढेको पाइएको छ । यी जालले समग्र सामुद्रिक पर्यावरण र जीवजन्तुको बासस्थानलाई नराम्रो असर पारिरहेको छ ।

अन्तर्राष्ट्रिय मत्स्यपालनको व्यवस्थापन हेर्ने क्षेत्रीय निकायहरुले शार्कजस्ता दुर्लभ जीवजन्तुको संरक्षणलाई खासै प्राथमिकता दिइरहेका छैनन्, पचौडा भन्छन् । उनले संकटापन्न र गम्भीर रुपमा संकटमा परिरहेका प्रजाति मार्न प्रतिबन्ध लगाउन माग पनि गरेका छन् । पछिल्लो समय अमेरिकाले अघि सारेका नियम कानुनका कारण अमेरिकी जलक्षेत्रमा सेता शार्कहरु पुनः देखिन थालेका छन् । प्रा। पचौडा भन्छन्, “प्रतिबद्धतालाई कार्यान्वयनमा ल्याउन सके संकटापन्न शार्कहरुलाई लोप हुनबाट रोक्न सकिन्छ । त्यो अनुभव भइसकेको छ ।”

सर्वसाधारण आम नागरिकले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न आआफ्ना सरकारमाथि दबाब दिनुपर्ने डल्भीको भनाई छ । उनले भने, “जहाँ जहाँ सम्भव हुन्छ, शार्कको संरक्षणका लागि सरकारसँग आग्रह गर्नुहोस् ।

सारा हुसेन(रासस / एएफपी)

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.