×

NEPAL TIMES UPDATES

Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने चोरी शिकारीमा कडाइ

१८ माघ २०७७

१८ माघ, जाजरकोट ।

छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ । यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ । निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ तस्कारी मौलाउने गरेको हो ।

Advertisement
Advertisement

तस्करहरुलाई हतियार बुझाउन जिल्ला प्रहरी कार्यालय डोल्पाले वर्षेनी सार्वजनिक सूचना प्रकाशित गर्ने गरे पनि अटेर गर्ने गरेका छन् । अहिले भने उनीहरु निकुञ्जको कडा अनुगमनमा परेका छन् । पछिल्लो तथ्याङ्कअनुसार यहाँ तस्करीमा संलग्न रहेकाबाट ७० थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, १० थान इन्सास राइफलका गोली निकुञ्जले कब्जामा लिएको छ ।

पहिले वन्यजन्तु हेर्न धेरै टाढासम्म पुग्नुपर्नेमा आजभोलि सदरमुकाम नजिकै रहेको सुलिगाड आसपासको क्षेत्रमा सजिलै देख्न सकिने सर्वसाधारणहरु बताउँछन् । कम खाद्यान्न उत्पादन हुने डोल्पा जडीबुटीका लागि भने प्रसिद्ध छ । जडीबुटीको भण्डारकैरुपमा स्थापित डोल्पा विकट भू–बनोट भए पनि प्राकृतिक सम्पदाका हिसाबले भने धनी रहेको छ ।

निकुञ्जको संरक्षणमा पछिल्लो समयमा सफलता मिलेपछि त्यसको प्रतिफल पनि देखापर्न थालेको छ । यहाँ नाउरको सङ्ख्या बढेको निकुञ्जले जनाएको छ । विगत तीन वर्षको आँकाडा हेर्दा निकुञ्जभित्र आधा वन्यजन्तु बढेको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले जानकारी दिए । वन्यजन्तु बढेसँगै स्थानीयवासीले लगाएको अन्नबालीमा क्षति पुग्नेक्रम पनि बढेको स्थानीयवासीको गुनासो छ ।

निकुञ्जले कृषकको क्षतिका आधारमा राहत उपलब्ध गराइरहेको छ । राहतबारे जानकारी नभएका यहाँका सर्वसाधारण अहिले निकुञ्जबाट क्षतिको राहत पाएपछि खुशी छन् । उनीहरुमा निकुञ्जप्रतिको दृष्टिकोणमा पनि परिर्वतन आएको छ । क्षतिको राहत पाएसँगै निकुञ्ज आसपासका सर्वसाधारण वन्यजन्तुको तस्करी गर्नेकाविरुद्ध चनाखो भएका छन् । उनीहरु अहिले वन्यजन्तु कसरी मरे भनेर रोक्न सक्रिय भएर लागेको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु न्यौपाने बताउँछन् ।

निकुञ्जमा हिउँ चितुवा पाइने भएकालेसमेत बढी निगरानी गर्नुपर्ने बाध्यता रहेको अधिकृत न्यौपानेले बताए । निकुञ्जबाट आएका हिउँ चितुवालगायतका जङ्गली जनावारले स्थानीयवासीका पशुचौपाया मार्ने गरेकोले यो समस्या हल गर्न निकुञ्जले रु एक करोड ६० लाखको पशुबीमा गरिदिएको छ ।

निकुञ्जभित्र हुने चोरी निकासी रोक्न गाउँपालिका पनि लागेको न्यौपानेले बताए । चोरी पैठारी र तस्करबाट निकुञ्जलाई जोगाउन पाँचवटा हिउँ चितुवा संरक्षण समिति गठन हुनुका साथै बीमासम्बन्धी तालिमसमेत प्रदान गरिएको छ । सालदाङ, भिजेर, धो, फोक्सुण्डो, डोल्फू क्षेत्रका करीब एक हजार घरधुरीलाई निकुञ्जले पशुबीमा गरिसकेको जनाएको छ ।

उपल्लो डोल्पाका स्थानीयवासीहरुको जीविकोपार्जन गर्ने मुख्य आधार नै पशुपालन हो । स्थानीयका पशु चौपायालाई निकुञ्जकै पहलमा समय समयमा खोप सेवासमेत प्रदान गरिँदै आएको छ । सङ्घसंस्थाले निकुञ्जमा सञ्चालन गर्ने कार्यक्रमबाट बीचमा कमिसन खानेजस्ता कार्य पनि ठप्प भएको छ । वन तथा वातावरण मन्त्रालयको स्वीकृतिविना कुनै पनि योजना निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा नगर्न लिखित अनुरोधपछि एक वर्षयता सो कार्य गर्न सबै सहमत भएको निकुञ्जले जानकारी दिएको छ ।

निकुञ्जमा हुने आम्दानीको ५० प्रतिशत रकम १७ वटा मध्यवर्ती क्षेत्रका समितिलाई उपलव्ध गराएसँगै यहाँका स्थानीयवासीले आयआर्जन, सामुदायिक विकास, रोजगारी र निकुञ्ज संरक्षणमा विशेष ध्यान दिने निकुञ्जको दावी छ । वन जङ्गल र वन्यजन्तु जोगाउनका लागि निकुञ्जको सक्रियतामा १७ वटा मध्यवर्ती क्षेत्रमा समिति गठन गरेको छ । त्यस्तै २४ वटा मध्यवर्ती सामुदायिक बनहरु, पाँच वटा हिउँ चितुवा संरक्षण समितिहरु, एउटा नेचर गाइड शे–फोक्सुण्डो पर्यटन समन्वय समिति र जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण एकाइसमेत गठन गरी परिचालन गरिएको छ ।

यसैबीच निकुञ्जले ८० भन्दाबढी तस्कारलाई पक्राउ गरेको छ । करीब ३०० क्यामराले निकुञ्जको सुरक्षार्थ निगरानी गरिरहेको बताएको छ । निकुञ्जभित्र प्रवेश गर्ने हेलिकप्टरहरु जथाभावी अवतरण गर्ने विगतको चलनलाई अन्त्य गरी विधिमा चल्न सुसूचित गराएको छ । केही महिनाअघि हेलिकोप्टर जाँचगर्दा सुकुटी बरामत भएपछि हेलिकोप्टर चालकलाई मद्दा चलाएको थियो । निकुञ्जको यस कार्यसँगै अहिले जथाभावी हेलिकप्टर निकुञ्जमा अवतरण कार्य रोकिएको हो । निकुञ्जको अनुमति नलिएर जथाभावी हेलिकप्टर उडाउने कार्य बन्द गरिएको निकुञ्जले जानकारी दिएको छ ।

यार्सागुम्वा व्यवस्थापन निर्देशिका– २०७३ ले देशैभरीका मानिसले यार्सागुम्बा सङ्कलन गर्न पाउने उल्लेख भएबमोजिम सबै आम नागरिक निकुञ्जमा आएर फोहर, चोरी निकासी तथा पासो हालेर निकुञ्जमा वन्यजन्तु मार्ने काम बढेकाले यसलाई रोक्नका लागि डोल्पाका स्थानीयले मात्र यार्सागुम्बा सङ्कलन गर्न पाउने गरी यार्सागुम्बा सङ्कलन निर्देशिका संशोधनका लागि विभागमा लेखि पठाएको निकुञ्जले बताएको छ ।

साइटिसले प्रतिबन्ध गरेको जटामसीलगायतका जडीबुटी चोरी निकासी गरी बाहिर जिल्लाबाट छोड पुर्जी दिने गलत प्रचलन रोक्नसमेत निकुञ्ज सफल भएको छ । त्यस्तै निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका सरकारी बन क्षेत्रहरुमा इआए, आइई प्रतिवेदन तयार र बन तथा वातावरण मन्त्रालयसँग स्वीकृति नलिइ कुनै पनि काम नगर्न पत्राचार गरी सचेत बनाएसँगै सोहीअनुसारको काम शुरु भएको निकुञ्जको दावी छ ।

उपल्लो डोल्पाका स्थानीय तहलेसमेत सो कार्यलाई सहकार्यमार्फत अगाडि बढाएको बताएका छन् । पर्यटकको राम्रो गन्तव्य बन्न सफल भएको शे–फोक्सुण्डो ताल तथा निकुञ्जमा घुम्न आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकलाई सहयोग गर्दै आएका पर्यटन व्यवसायीलाई भेला गरी शे–फोक्सुण्डो पर्यटन समन्वय समिति गठन गरी पर्यटन र संरक्षणको कार्यको समन्वय गरिएको बताइएको छ ।

उता निकुञ्ज स्थापना भएको लामो समयपछि नियामावली, निर्देशिका संशोधनको काम शुरु भएको छ । विसं २०४० मा स्थापना भएको निकुञ्जमा २४ वटा गाउँ सोही समयमा थिए । सोही समयमा सबै खालका सुधारका लागि पहल गरेको भए अहिले निकुञ्जभित्र र आसपासका स्थानीयवासीले पटकपटक आन्दोलन तथा विरोध गर्नुपर्ने थिएन ।

Advertisement
Advertisement

अब संशोधन हुँदै गरेको नियमावली र निर्देशिकाले डोल्पालीलाई राहत पुग्ने अपेक्षा डोल्पावासीको रहेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र हुनसक्ने चोरी शिकारी नियन्त्रणका लागि स्थानीय सुराकी, नेपाली सेना तथा निकुञ्जका कर्मचारीसहितको चोरी शिकारी नियन्त्रण एकाइ गठन गरिएको छ र यसमार्फत् काम गरिएको छ ।–हेमन्त केसी /रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top