सुनसरीमा जंगली हात्तीको आतंक

२२ जेठ ७५, बुधबार

इनरुवा, जेठ २३
सुनसरीको कोशी गाउँपालिकामा जंगली हात्तीको आतंक बढेको छ । केही दिनयता कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने जंगली हात्तीले स्थानीयवासीको घरबालीमा क्षति पु¥याउने गरी आतंक मच्चाउन थालेको स्थानीयवासी चन्दन मगरदैताले जानकारी दिए ।

रातिको समयमा दैनिकजसो कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आतंक मच्चाउन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । गएराति मात्र जंगली हात्तीको आक्रमणबाट एकजना घाइते भएका छन् भने दर्जनौँ घर हात्तीले भत्काइदिएको छ । जंगली हात्तीले सर्वसाधारण नागरिकको घर भत्काइदिएको छ भने बालीसमेत खाई कुल्ची नष्ट गरेको बताइएको छ ।

हात्तीको आक्रमणबाट सलदेव मगरदैता गम्भीर घाइते भएका छन् । घाइते मगरदैताको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । मगरदैत्ताको अवस्था चिन्ताजनक रहेको बताइएको छ । हात्तीले स्थानीयवासी गोनर भुसकुलिया, रामचन्द्र मुखिया, सतेन्द्र मुखिया लगायतका घरमा क्षति पु¥याएको छ भने केही स्थानीयवासीको तरकारी बालीमा नोक्सानी गरेको छ ।

Advertisement

कोशी टप्पु वन्यजन्तु आरक्षको अर्ना र हात्तीको आतंकबाट बर्षेनि लाखौँको धनमाल र बालीमा क्षति भइरहेको छ भने चारदेखि सातजना व्यक्तिको ज्यान जाने गरेको कोशी टप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिए ।

अध्यक्ष यादवका अनुसार कोशी टप्पुमा प्रत्येक वर्ष जंगली जनावरको आक्रमणबाट बालीनाली, घर सहितको भौतिक संरचना र मानवीय क्षति भइरहेको छ । कोशी टप्पुको क्षेत्रमा पर्ने कोशी गाउँपालिकाको पश्चिम कुशाहा, लौकही, श्रीपुर, हरिपुर र भाण्टाबारी तथा बराहा क्षेत्र नगरपालिकाको मधुवन, प्रकाशपुर र महेन्द्रनगर क्षेत्रमा समेत जंगली हात्ती, अर्ना र बँदेलको आतंक रहेको स्थानीयवासीले बताएका छन् ।

Advertisement

जंगली जनावरको आतंक र आक्रमणबाट कोशी क्षेत्रका अधिकांश स्थानीयवासी राति जाग्राम बस्न बाध्य रहेको मधुवनका बिएल चौधरीले बताए।

यस क्षेत्रमा ४ वर्षअगाडि लगाइएको सोलार फेन्स (विद्युतीय बार) ले समेत काम गर्न छोडेपछि जंगली जनावरको आतंक तीव्ररुपमा बढेको स्थानीयवासी कलिम मियाँले बताए।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top