×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कतार संकटको एक वर्ष, कतारका विदेशमन्त्रीद्वारा वार्ताका लागि आह्वान

२३ जेष्ठ २०७५

दोहा, जेठ २३
कतारका विदेशमन्त्री मोहम्मद विन अब्दुल्लाहरहमान अल थानीले आफ्ना विरुद्धमा छिमेकी देशहरुले नाकाबन्दी लगाएर संकट सिर्जना गर्न खोजेपनि कतार कमजोर नभएको बरु झन बलियो भएको बताएका छन् ।

कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ । यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ ।

Advertisement

गत वर्षको जुन ५ देखि सुरु भएको कतारमाथिको यस नाकाबन्दीको वर्ष दिन पूरा भएको छ । यस बीचमा उसलाई छिमेकीहरुले सवै कूटनीतिक सम्वन्ध तोड्नुका साथै हवाई र स्थलमार्गबाट सामान आयात निर्यातमा पनि प्रतिबन्ध लगाइएको छ ।

नाकाबन्दीको क्रम अहिले पनि जारी नै छ हाम्रो आन्तरिक बल, सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा कुनै पनि कमी आएको छैन– कतार संकटको वर्षदिनको दिन विदेशमन्त्री थानीले मङ्गलबार भनेका छन् ।

खाडी क्षेत्रको यस तनाव साउदी अरबको नेतृत्वमा सिर्जना गरिएको थियो । कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (युएइ) ले साथ दिएका थिए ।

विदेशमन्त्री थानीले जुन ५ को स्मरण गर्दै आफ्नो ट्वीटर अकाउन्टमा मङ्गलबार लेखेका छन्– कतारमाथि काल्पनिक रुपमा दोषारोपण गरिएको आज वर्ष दिन पुगेको छ तर पनि यहाँका नागरिक थाकेका वा गलेका छैनन् बरु अरु सशक्त बनेका छन् ।

कतारमाथि उसले ‘आतङ्कबाद’ लाई सहयोग पु¥याएको आरोप छ । त्यसैगरी उसले इरानसँग आवश्यकभन्दा पनि बढी मात्रामा नजिकिएर काम गरेको आरोप अरु खाडी छिमेकी देशहरुको छ ।

नाकाबन्दी लगाएका मुलुकले कतारलाई लगाएका आरोपको उसले खण्डन पनि गरेको छ । कतारले उनीहरुका आरोप अस्विकार र खण्डन गर्दै आइरहेको छ र अहिले पनि ती सबै आरोपहरु काल्पनिक र भ्रामक रहेकोले पुष्टि पनि हुन नसकेको बताएको हो ।

ती छिमेकी देशहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द गरेका छन् भने हवाई सेवा बन्द गरेका छन् । कतारका हवाई जहाजहरु अरु देशको आकासमा उड्न प्रतिबन्ध लगाइएको छ भने अरु देशले पनि कतारको आकासमा उडाएका छैनन् ।

त्यसैगरी पछिल्लो समयमा त कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् । साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय बन्द गरिदिएको छ ।

ती छिमेकीका मागहरुमा एउटा अल जाजिरा च्यानल बन्द गर्नुपर्ने पनि थियो । त्यसैगरी इरानसँगको सम्वन्धलाई महत्व दिन नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने सर्त पनि ती देशहरुले राखेका थिए ।

ती सबै माग पूरा गर्न उनीहरुले कतारलाई दश दिनको समय दिएका थिए । तर ती माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो ।

वार्ताको आह्वान

यसैबीच विदेशमन्त्री थानीले कतार उहिलेदेखि र अहिले पनि ती छिमेकीसँग शान्तिपूर्ण रुपमा वार्ता गर्न तयार रहेको भन्दै वार्ताका लागि आह्वान पनि गरेका छन् ।

उनले उक्त ट्वीटर अकाउन्टमा आफ्ना छिमेकी देशहरुसँग वार्ताको लागि कतारले जहिले पनि ढोका खुलै राखेको बताएका छन् ।

उनले भनेका छन्– हामी कहिल्यै वार्तालाई इन्कार गरेनौँ र अहिले पनि जुनसुकै समयमा वार्ता गर्न तयार छौँ ।

यस कतार संकटको समाधानका लागि वार्ताको माध्यमका लागि अर्काे खाडी देश कुवेतले पनि प्रयास जारी नै राखेको थियो । गएको सेप्टेम्बर महिनामा पनि वार्ताका लागि तायरी गरिएको थियो ।

कतार विषयमा वार्ताका लागि कुवेत र अमेरिकाले मध्यस्थताको प्रयास गरेका थिए तर त्यो समयमा पनि वार्ता सम्भव हुन सकेन । त्यसपछि खासै प्रभावकारी रुपमा पहलहरु नभएका बताइएको छ ।

सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गरेका थिए ।

कतारमाथि गरिएको यस नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भएको थियो । राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान ग¥यो । तर त्यो आह्वान बमोजिम वार्ता हुन सकिरहेको छैन ।

कतारमाथिको यस नाकाबन्दीलाई मानवीय संकट भन्दै धेरै देशले विरोध गरेका छन् । कतारमाथि गरिएको यस नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकतामाथि नै धावा बोलिएको भन्दै कतारले संयुक्त राष्ट्रसंघमा पनि उजुरी गरेको थियो ।

Advertisement

तर पनि यस संकटको समाधानमा कतारमाथि नाकाबन्दी लगाउने छिमेकी देशहरुले भने कुनै पहल नगरेको पाइएको छ ।
रासस

भर्खरको समाचार

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

सम्बन्धित खबरहरु

Scroll to Top