हाइड्रोपावर इञ्जिनियरिङ विषयको पढाइ शुरु

२२ जेठ ७५, बुधबार

काठमाडौँ, जेठ २३
पोखरा विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकाय अन्तर्गत स्नातकोत्तर तहमा ‘हाइड्रोपावर इञ्जिनियरिङ’ विषयको पढाइ शुरु गर्ने भएको छ ।

नेपालमा जलविद्युत् परियोजनका लागि दक्ष इञ्जिनियर उत्पादन गर्ने उद्देश्यले सो विषयमा पढाइ शुरु गर्न थालिएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले जानकारी दिए ।

‘‘नेपालमा बढ्दो मात्रमा जलविद्युत् परियोजना बनिरहेका छन् तर ती परियोजनका लागि आवश्यक जनशक्ति प्रर्याप्त नभएकोले विदेशबाट आयात गर्नुपरेको छ’’ उनले भने–‘‘अब नेपालमा नै दक्षजनशक्ति उत्पादन गर्नका लागि उक्त विषय अध्यापन गराउन थालेका हांै ।’’

Advertisement

यसअघि उक्त विषयमा यसै शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले पढाइ शुरु गरिसकेको छ । डिन जोशीका अनुसार पढाइबाट उत्पादन भएका जनशक्तिले ठूला तथा मझौला जलविद्युत् परियोजनाको डिजाइन र व्यवस्थापन गर्न सक्नेछन् ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पस पोखरामा उक्त विषयको अध्ययन अध्यापन आगामी भदौबाट हुनेछ । विश्वविद्यालयका पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक राजेश ठकुराठीले नेपालमा विद्युत् निकाल्ने काम बढिरहेकाले त्यसलाई आवश्यक जनशक्ति उत्पादन गर्नका लागि पढाइ शुरु गरिएको बताए ।

Advertisement

करीब रु चार लाख शुल्क लाग्ने उक्त विषयमा पहिलो पटक २० जना विद्यार्थी भर्ना गर्ने विश्वविद्यालयको तयारी छ । उक्त विषयमा पढ्नका लागि स्नातक तहमा सिभिल, कृषि र ग्रामीण विकास विषयमा ईञ्जिनियर उत्रीर्ण गरेको हुनुपर्छ ।

अहिले पोखरा विश्वविद्यालयमा चार आंगिक क्याम्पस र ५८ वटा सम्बन्धन प्राप्त क्याम्पसमा चार संकायका ४८ विषयमा करीब ३० हजार विद्यार्थी अध्ययन गर्ने गरेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top