विराटनगरकाे १ नं वडा खुल्ला दिसामुक्त

२३ जेठ ७५, बिहीबार

विराटनगर,जेठ २४
विराटनगर महानगरपालिकाको वडा नम्बर १ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।
स्थानीय श्री राधाकृष्ण धर्मशालामा बुधबार आयोजित कार्यक्रमकाबीच सो वडा लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रममा उपस्थित सरोकारवालाकाबीच विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले वडा नम्बर १ लाई खुल्ला दिसमाुक्त क्षेत्र घोषणा गरे ।

उनले सो वडाको सम्पुर्ण २ हजार ४ सय ४१ घरधुरीमा शतप्रतिशत चर्पी निर्माण भएको जानकारी दिए । नगरस्तरीय खानेपानी,सरसफाई तथा स्वच्छता समन्वय समिति र विराटनगर महानगरपालिकाले समेत गरेको अनुगमनको क्रममा सम्पुर्ण घरधुरीले चर्पी प्रयोग गरिरहेको पाईएपछि वडा नम्बर १ लाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको उनले बताए।

विराटनगर महानगरपालिका विराटनगरका खुल्ला दिसामुक्त वडाहरुमध्ये १३ औं नम्बरमा वडानम्बर १ लाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । यसअघि नगरक्षेत्रका वडानम्बर २,३,५,७,९ र १० सहित वडानम्बर ११,१३,१५,१६ र १७ नम्बर वडागरि जम्मा १२ वटा वडालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ ।

Advertisement

नगरक्षेत्रका जम्मा १९ वटा वडामध्ये अब वडानम्बर ४,८,१२,१४,१८ र १९ नम्बर वडा खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन बांकी छन् । नगरक्षेत्रका खुल्ला दिसामुक्त क्षेत्र घोषणा हुन बांकी ६ वटा वडाका सम्पुर्ण घरधुरीमध्ये ३२६ वटा चर्पी निर्माण कार्य मात्र बांकी रहेको जनाईएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख ईन्दीरा कार्की,वडा नम्बर १ का वडाध्यक्ष उद्धव अर्याल लगायतले शुभकामना ब्यक्त गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top