चीनको भूमिका महत्वपूर्ण ः अमेरिकी विदेशमन्त्री

वासिङ्टन, जेठ २६

अमेरिकी विदेशमन्त्री माइक पेम्पेओले कोरियाली प्रायद्धीपको विषयमा चीनको भुमिका महत्वपूर्ण रहेको बताएका छन्।

केही विदेशी सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्तामा उनले भनेका छन्— यस विषयमा चीनको भूमिका महत्वपूर्ण हुनेछ, उसले खेल्ने भूमिकाको बारेमा हामीले प्रसस्त मात्रामा कुरा गर्ने सक्नेछौँ ।

Advertisement

अमेरिका र उत्तर कोरियाबीच आगामी मङ्गलबार शिखर वार्ताको आयोजना गरिएको छ । त्यसका लागि दुवै देशले वार्ताको अन्तिम तयारी भएको जनाएका छन् ।

सो वार्ताको बारेमा अमेरिकी विदेशमन्त्रीले दिएको यो प्रतिक्रियालाई अर्थपूर्ण रुपमा लिइएको ती अन्तरवार्तामा पनि विभिन्न छ ।

Advertisement

उनको भनाई थियो चीनले अहिलेसम्म खेलेको भूमिका भने सकारात्मक नै छ । यसै वार्ताको विषयलाई लिएर उत्तर कोरियाली नेताले चिनियाँ राष्ट्रपति किम जोङ उनसँग भेटवार्ता गरिसकेका छन् त्यसैले यो वार्ताको वातावरण निर्माण पनि भएको छ ।

चीनले सकारात्मक र रचनात्मक रुपमा यस वार्तालाई लिने हो भने कोरियाली प्रायद्धीपमा शान्तिको स्थापना र दुई कोरियालीबीचको युद्धको अन्त्य धेरै टाढा छैन— सो अन्तरवार्तामा उनले बताएका छन्।

विदेशमन्त्री पेम्पेओ आगामी जुन १४ मा चीन जाने भएका छन्। सो अन्तरवार्तामा उनले आफू आगामी हप्ता चीन भ्रमणमा जान लागेको कुरा पनि सार्वजनिक गरेका छन्।

उनले भनेका छन् — चीन अमेरिकापछिको विश्वको ठूलो अर्थतन्त्र र उत्तर कोरियाको छिमेकी पनि हो यस कारणले पनि अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताबारे उसले निर्वाह गर्ने भूमिका बडो महत्वपूर्ण हुनेछ ।

यसै अन्तरवार्तामा उनले सकारात्मक भूमिका खेल्न पनि चीनलाई सुझाव दिएका छन्। उनले कोरियाली प्रायद्धीपको समस्यालाई शान्तिपूर्ण मध्यमबाट समाधान गर्नु नै सबैको हितमा रहेको पनि बताएका छन्।

रासस

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top