स्वास्थ्य चौकी समुदायलाई हस्तान्तरण

२५ जेठ ७५, शनिबार

नुवाकोट, जेठ २६
भूकम्पले क्षति पुगेपछि पुनःनिर्माण गरिएको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटे स्वास्थ्यचौकी र विदुर नगरपालिका–१२ स्थित चारघरे स्वास्थ्य चौकी भवन शुक्रबार समुदायलाई हस्तान्तरण गरिएको छ ।

‘भूकम्प पश्चात स्वास्थ्य सेवा सुधार कार्यक्रम’ अन्तर्गत कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक तथा प्राविधिक सहयोगमा सयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडिपी) मार्फत निर्माण गरिएको विपद् प्रतिरोधी पक्की संरचनायुक्त सो भवन समुदायको स्वास्थ्य स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको हो ।

महादेवफाँटमा निर्माण गरिएको रातमाटे स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै बेलकोटगढी नपाका प्रमुख राजेन्द्ररमण खनालले स्वास्थ्य सेवा सञ्चालन अधिकार स्थानीयतहमा प्राप्त भएकाले सुधारका लागि प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

उनले भौतिक संरचना र स्वास्थ्य सहायता सामग्री भए पनि जनशक्ति कम भएर प्रसूति सेवा सञ्चालनमा हुने कठिनाई अब समाधान गर्ने पनि बताए ।

यस्तै, विदुर नपा–१२ स्थित भट्टगाउँमा निर्माण गरिएको स्वास्थ्य चौकी चारघरेको भवन समुदायलाई हस्तान्तरण गर्दै विदुर नपाका प्रमुख सञ्जु पण्डितले भवन निर्माणले अब गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

Advertisement

उनले स्थानीयवासीको माग बमोजिम स्वास्थ्यचौकीमा ‘प्रयोगशाला’ निर्माणका लागि जनशक्ति एवं उपकरण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

कोइकाको सहयोगमा युएनडिपीले निर्माण गरेको स्वास्थ्य चौकीमा आवश्यकपर्ने स्वास्थ्य सहायता सामग्री गुड नेवर्स अन्तर्राष्ट्रिय (जिएनआइ)ले उपलब्ध गराएको छ ।

रु ८० लाख बराबरको खर्चमा निर्माण गरिएको उक्त भवनमा बहिरङ, प्रसूति र गर्भजाँच सेवा तथा औषधि कक्ष, स्टोर र कर्मचारी निवाससहित सात कोठा रहेका छन् ।

सो अवसरमा कोइकाको नेपालका लागि आवासीय प्रमुख डा होङ क्यो किम, युएनडिपीको नेपालका लागि राष्ट्रिय निर्देशक रेनाउड मेयेर, जिएनआईको नेपालका लागि आवासीय प्रमुख मीन हो चोई लगायतको सहभागिता रहेको थियो ।

विसं २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेका संरचना पुनःनिर्माणमा कोरिया सरकारको सहयोग कार्यक्रम अन्तर्गत कोइकाले आठ दशमलव चार मिलियन अमेरिकी डलरमा यहाँको ५० श्यया क्षमताको जिल्ला अस्पताल त्रिशूली र दशवटा स्वास्थ्य संस्था पुन–निर्माणको जिम्मेवारी लिएको थियो ।

अब सात वटा स्वास्थ्य चौकीको पुनःनिर्माण जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पुर्ननिर्माण इकाइ प्रमुख रमेश अधिकारीले जानकारी दिए ।

भूकम्पबाट यहाँका ८० वटा स्वास्थ्य संस्था क्षतिग्रस्त भएका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top