प्रदेश १ को संसदमा प्रधानमन्त्री,क्रान्तिका नाममा चन्दा उठाउनेलाई कारवाही गरिने

विराटनगर,जेठ २६
प्रधानमन्त्री केपी शर्मा ओलीले देश अधिनायकवाद तिर जाँदैछ कि काहाँ जाँदैछ भन्ने कुरा जनताले थाहा पाइरहेको बताएका छन् ।

प्रदेश १ को प्रदेशसभालाई पहिलो पटक शनिबार (आज) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले सरकार भनेको शासन गर्नका लागि नभएर सेवा गर्नका लागि भएको उल्लेख गरे ।

सरकार विकास कसरी गर्न सकिन्छ त्यसको योजना, नीति कार्यक्रम बनाएर देशलाई अगाडि बढाउने, सुशासन कायम गर्ने तिर लागेको उनले बताए। यसअघिको सरकारले ठेक्का–पट्टामा जथाभावि रकम दिएर देशको अर्थतन्त्रलाई धरासायी बनाएको आरोप पनि लगाए ।

Advertisement

अहिलेको सरकारले विगतको कुरालाई सच्याएर लाने पनि बताए । अहिले नेपालमा ६० लाखदेखि ८० जनता निरपेक्ष गरिवीको रेखामुनी रहेको भन्दै प्रधानमन्त्री ओलीले ती जनताले परिवर्तनको अनुभूति गर्न पाउनु पर्नेमा जोड दिए । देश बनाउन संकल्प गरेको बताउँदै प्रधानमन्त्री ओलीले आफूले भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचार गरेको पाइएमा कुनै छुट नदिने पनि बताए ।

प्रदेशको मन्त्रिपरिषद् र ब्यूरोक्रेसी पनि स्वच्छ ढंगले चलाउन उनले आग्रह गरे । मुलुक शान्ति प्रकृयामा अगाडि बढेको बताउँदै उनले क्रान्तीका नाममा चन्दा उठाउने र जनतालाइ दुःख दिनेलाइ कानुनि कारवाहि गरिने बताए । प्रदेश सरकारले आफ्नो आम्दानीको स्रोत नभएको गुनासो गरिरहेको बेला प्रधानमन्त्री ओलीले भने स्रोत ठूलो कुरा नभएको बताए ।

Advertisement

१ नम्बर प्रदेश असाधारण भएको भन्दै ओलीले सर्वोच्च शिखर सगरमाथा हुनु, असाधरण क्षमताका नदी तथा खोला रहनु, हिमाल पहाड, तराई, उत्तर दक्षिण बगेका खोला, जातीय विविधिता, गुराँस, सुपारी, चिया, रुद्राक्ष, अम्लिसो, ढाका बुन्नेकला पनि रहेको उल्लेख गरे ।

ओलीले सिमामा भारतीय सुरक्षाकर्मी र नेपाल पक्षका बीच भइरहेका अस्वभाविक क्रियाकलाप प्रति सचेत हुनुपर्ने पनि बताए । सिमामा भारतीय सुरक्षाकर्मीबाट नेपालीमाथी आक्रमण भएको, धम्क्याएको जस्ता कुरा आएको बताउँदै उनले राष्ट्र–राष्ट्रबीचमा समस्या ल्याउने भएकाले बेलैमा ध्यान दिइने बताए।

कतिपय विवाद वैयक्तिक ढंगले पनि हुनसक्ने भएको भन्दै उनले सचेत रहन आग्रह गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top