ओली र देउवालाई नख्खु जेलमा कोच्ने मिश्रको चेतावनी

१० फागुन ७७, मंगलबार

११ फागुन, विराटनगर ।
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् ।

सोमबार काठमाडौंको शान्ति वाटिकामा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरुद्ध आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै भ्रष्ट ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा लगेर उपचार गर्ने बताएका हुन् ।

‘बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्छौँ, त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्‍याउँछौँ,’ मिश्रले भने, ‘नख्खु जेलको चौरमा जिन्दगीभर उहाँहरूले आराम गरेर बिताउनु हुनेछ ।’

Advertisement

आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेन्डामा अग्रणी रहेको भन्दै मिश्रले आफूहरू ठूला कुरा गर्न नहिचकिचाउने बताए ।

दलहरूले न्यायालयमा समेत भागबन्डा गरेकाले सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको उल्लेख गर्दै मिश्रले न्यायालयमाथि नै कालो पोतिएको बताए ।

Advertisement

राज्यका हरेक निकायहरू पार्टीका भागबन्डा मै गाँजिएकाले देशले दुख पाएको मिश्रको भनाइ थियो । उनले समतामूलक समृद्धिको लागि नागरिकले पनि मन र मत परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top