सुनको भाउ आज तोलामा ११ सयले बढ्यो

सुनको भाउ आज तोलामा ११ सयले बढ्यो

११ फागुन, काठमाडौँ । सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलाको ९० हजार एक सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्ताको अन्तिम दिन भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ यो हप्ता लागेदेखि फेरि बढ्न थालेको छ ।

अस्ति आइतवार तोलामा ८ सयले बढेर ८९ हजार रुपैयाँमा पुगेको सुनको मूल्य हिजो भने स्थिर थियो । तर, आज फेरि तोलामा ११ सय रुपैयाँले बढेको हो ।

त्यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । हिजो चाँदी तोलामा १३ सय ३५ रुपैयाँ थियो । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर १३ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.