दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त

११ फागुन, काठमाडौँ । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद बैठकले गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा. युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.