चर्चामा रहेको फुड सप्लिमेन्टको विषय के हो ?

१३ फागुन, काठमाडाैँ ।
फुड सप्लिमेन्टको विषयले अप्ठ्यारो पारेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबारको बैठकमा खाद्य ऐन २०२३, औषधी ऐन २०३५ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तरगतका प्रत्यायोजित विधायन साथै आहारपूरक खाद्य पदार्थको नियमनको सम्बन्धमा सरोकारवालासँगको छलफलका क्रममा सरोकारवालाहरुले फुड सप्लिमेन्टको विषयले अप्ठ्यारो पार्ने गरेको बताएका हुन् ।

नेपाल औषधी व्यवसायी संघका महासचिव रामचन्द्र शर्माले फुड सप्लिमेन्टको विषयले औषधी व्यवसायीहरु पीडित भएको बताए । औषधी व्यवस्था विभागले प्रतिबन्धित भन्ने गरेको भएपनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा दर्ता भएको तथा चिकित्सकको प्रेस्किप्सन अनुसार व्यवसायीले विक्री वितरण गर्दा पनि कारबाहीको भागिदार हुनुपरेको उनको भनाई छ । फुड सप्लिमेन्ट संसारभरको प्रयोग भएको भएपनि नेपालमा भने असहजता भएको पनि शर्माले बताए ।

नेपाल फार्मेसी परिषद्का रजिष्ट्रार सञ्जिव कुमार पाण्डेले औषधी ऐन र औषधी ऐनले व्यवस्था गरेको नीति, नियमावलीमा टेकेरै औषधी व्यवस्था विभागले कारबाही गर्ने गरेको बताए ।

Advertisement

नेपाल चिकित्सक संघका सभापति डा. लोचन कार्कीले चिकित्सकहरुले आवश्यकता अनुसार प्रेस्किप्सन लेख्न पाएपनि सरकारका दुई निकायको फरक फरक कुराले चिकित्सकहरु प्रतिबन्धित भन्ने की नभन्ने भन्नेमा अन्योलमा रहेको बताए । चिकित्सकले गलत तरिकाले लेखे सम्बन्धित निकायले कारबाही गर्न सक्ने पनि कार्कीले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले खाद्यको अनुगमनलाई व्यवस्थित तरिकाले शुरु गरिएको बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइन मार्फत सेवा प्रवाह शुरु गर्न लागेको समेत बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top