×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

लयमा आउँदै पर्वतारोहण : सगरमाथा चढ्न तीन सयको ‘बुकिङ’

१४ फाल्गुन २०७७

काठमाडौँ : कोरोना सङ्क्रमणका कारण गत वर्ष मुख्य सिजनमै असर बेहोरेको नेपालको पर्वतारोहणमा यस वर्ष भने सुधारको सङ्केत देखिएको छ । विदेशी पर्यटकलाई नेपाल प्रवेशबापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

नेपालको पर्वतारोहणमा मुख्य सिजन मानिने वसन्तयाम (अप्रिल र मे)का लागि यतिबेला ‘बुकिङ’ चलिरहेको नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङ छिरिङ शेर्पाले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय जना आरोहीहरूले बुकिङ गरिसकेका छन् ।

Advertisement
Advertisement

पर्वतारोहणका लागि तुलनात्मक रूपमा लामो समय खर्चिनुपर्ने भएकाले क्वारेन्टिनको प्रावधान यसका लागि त्यति बाधक नहुँदा पनि आकर्षण बढेको शेर्पाको भनाइ छ । सगरमाथाबाहेक अन्य हिमालमा पनि आरोहीहरूको चासो रहेको उहाँले बताउनुभयो ।

सरकारले कोरोना सङ्क्रमणकै अवस्थामा मन्त्रिपरिषद्बाटै बहराइनका राजकुमारसहितको टोलीलाई मनास्लु हिमाल आरोहणको अनुमति दिएको थियो । टोलीले गत असोज २९ गते मनास्लु हिमालको सफल आरोहण गरेको थियो । कोरोना सङ्क्रमणयता भएको उक्त आरोहण नै विदेशी टोली सम्मिलित पहिलो आरोहण थियो ।

त्यसपछि कतारका राजकुमारसहितको टोलीले कात्तिक २६ गते अमादब्लम हिमालको आरोहण गरेको थियो । राजपरिवार सदस्यकै चासोले पनि कोरोनाकै अवस्थामा पर्वतारोहणका गतिविधि सुरु भएको थियो ।

Advertisement

मुख्य सिजनमा पर्वतारोहण हुन नसके पनि पर्यटन विभागले हिउँदयामका लागि भने अनुमति खुला गरेको थियो । विभागको पछिल्लो तथ्याङ्क अनुसार हिउँदयामको पर्वतारोहणका लागि अहिलेसम्म ४५ जनाले अनुमति पाइसकेका छन् । यसबीचमा लुजा पिक, क्युङ्ग्या रीप् टु, अमादब्लम, सुर्मा सरोवर, रोकापी, मनास्लु, थापा पिक, चुक्युमा हिमाल आरोहणका लागि अनुमति प्रदान गरिएको विभागले जनाएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top