अन्यायपूर्ण सडक विस्तारको विरोधमा माइतीघरमा प्रर्दशन (तस्बिरसहित)

१३ फागुन ७७, शुक्रबार

१४ फागुन, काठमाडौँ । सडक विस्तारको नाममा अन्यायपूर्ण तरिकाले विस्थापित गराईएको भन्दै पीडितहरुले विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार बृहत नागरिक समाज, बृहत नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः देः दबु लगायतका विभिन्न संघसंस्थाहरुको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।

सडक विस्तारको नाममा काठमाडौँका आदिवासी नेवारहरुलाई विस्थापित गरिएको र सभ्यताको समेत विनास भइरहेको भन्दै त्यसको विरुद्ध आन्दोलन गरिएको अभियान्ता राजेन्द्र महर्जनले बताए ।

Advertisement

बालाजु बाइपासमा रहेका ४८ घरधुरीलाई सरकारले अन्यायपूर्ण रुपमा विस्थापित गराएको पीडितहरुको भनाई छ । सर्वोच्च अदालतको अन्तरिम आदेश समेत नमानेर बिना मुआब्जा, बिना क्षतिपूर्ति सरकारले घर भत्काएको पीडितहरुको आरोप छ ।

Advertisement

घर भत्काउने सरकारको कामको विरोध गर्दा घरधनी तथा अभियन्ताहरुलाई प्रहरीले हिरासतमा लिएको भन्दै उनीहरुको रिहाईको माग सहित कानूनी राज्यको माग गर्दै आन्दोलन गर्नुपरेको उपत्यकाव्यापी सडक पीडित संघर्ष समितिकी सदस्य विद्या श्रेष्ठले बताए ।

मातृभाषा बोलेकै कारण बालाजु बाइपासस्थित स्थानीयलाई प्रहरीले धरकपड गरी नियन्त्रणमा लिएको नेवाः देः दबुः का अध्यक्ष नरेश ताम्राकारले बताए । सरकारले सर्वोच्च अदालतको अन्तरिम आदेशलाई समेत लत्याएर घरहरु भत्काएको बताए ।

वर्षौदेखि सरकारी निकायसँग सिफारिस लिई बनाएको घर तथा कानूनी रुपमा पनि आफुहरुको जित भएको भएपनि राजनीतिक कारण आपूmहरुको घर भत्काइएको पीडित श्यामकृष्ण मानन्धरले बताए ।

प्रहरी नियन्त्रणमा भएका घरधनी तथा अभियन्ताहरु रिहाई नभए र विस्थापित भएका परिवारहरुको बारेमा न्यायिक निरुपण नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने आयोजकको भनाई छ ।

विकासको नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोधको ब्यानरमा भएको विरोध प्रदर्शनमा मापदण्ड ७–७ मिटर छुट्याई आफ्नो स्वबासी प्रमाणित जग्गामा घर बनाई बसोबास गर्न पाउनु हाम्रो नैसर्गिक अधिकार हो लगायतका प्लेकार्ड तथा व्यानर समेत प्रदर्शन गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top