विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि नेपालको नाम सिफारिस

१५ फागुन २०७७, शनिबार
Share this
683shares

१५ फागुन, काठमाडौँ ।

Advertisement

संयुक्त राष्ट्र सङ्घको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न सिफारिस गरेको छ।

राष्ट्र सङ्घको विकास नीति समितिले पाँच वर्षको तयारी अवधि राखेर नेपाललाई अल्पविकसित राष्ट्रको अवस्थाबाट माथि लैजाने सिफारिस गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

Advertisement

सो समितिले हरेक तीन वर्षमा गर्ने समीक्षाका लागि बैठक यही वर्षको फेब्रुअरी २२ देखि २६ सम्म बसेको र सो बैठकमा नेपालले स्तरोन्नतिका लागि तोकिएका मापदण्ड पछिल्ला तीन समीक्षामा लगातार हासिल गरेको निष्कर्ष निकालेपछि नेपाललाई सन् २०२६ देखि लागु हुने गरी स्तरोन्नति गर्ने सिफारिस गरिएको हो।

राष्ट्र सङ्घका लागि न्यूयोर्कस्थित नेपालको स्थायी नियोगका अनुसार नेपालले दुई वटा मापदण्ड पुरा गरेर स्तरोन्नतिका लागि छानिएको हो । प्रतिव्यक्ति आय, मानव विकास सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्क स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकाङ्कको तोकिएको मापदण्ड पार गरिसकेको छ ।

Advertisement

समितिले नेपालसहित बङ्गलादेश,र लाओसलाई पनि स्तरोन्नति गर्न सिफारिस गरेको छ । संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोगले जनाएअनुसार समितिबाट भएको सिफारिसलाई संयुक्त राष्ट्रसङ्घ आर्थिक तथा सामाजिक परिषद्बाट स्वीकृत हुनुपर्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top