स्वास्थ्य संस्थामा प्रसूति गराउनेलाई रु एक हजार

२६ जेठ ७५, आइतबार

विराटनगर, जेठ २७
मोरङको धनपालथान गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई रु एक हजार दिने भएको छ ।

गाँउपालिकाले मातृ तथा बाल मृत्युुदर घटाउन तथा पोषण खर्चबापत रु पाँच सय र नेपाल सरकारले उपलव्ध गराएको पाँचसय गरी जम्मा रु एक हजार दिने भएको छ ।

स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई नेपाल सरकारले रु पाँच सय दिँदै आएको छ । आमा सुुरक्षा कार्यक्रम अन्तर्गत हरेक स्वास्थ्य संस्थामा यो सेवा उपलव्ध छ ।

Advertisement

मोरङको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने सो गाउँपालिकामा तराई समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।

सो गाउँपालिका क्षेत्रमा शिक्षाको कमी तथा रुढीवादी तथा परम्परागत प्रथाका कारणले महिलाले घरमा सुत्केरी गराउँदा आमा तथा बच्चाको ज्यान जोखिममा हुने गरेको छ ।

Advertisement

मोरङको दक्षिणी सीमा क्षेत्र रहेको उक्त स्थानमा महिलामा स्वास्थ्य सम्बन्धी शिक्षाको कमी रहेको छ ।

सुुरक्षित प्रसूतिसेवा बारे महिलालाई प्रोत्साहन गर्न र प्रसूति सेवा स्वास्थ्य संस्थामै गराएमा आमा र बच्चाको जीवन सुरक्षित गराउने उद्देश्यले सुत्केरी महिलालाई केही राहतका लागि रकम उपलब्ध गराएको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताए।

उनले रकम सानो भए पनि सुत्केरी आमा र बच्चाका लागि केही सहयोग पुुग्ने बताए । सो गाउँपालिकाले सुत्केरी गराउने कार्यका लागि कर्सिया स्वास्थ्य चौकीमा सामान्य सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ ।

धनपालथान–४, कर्सिया बजारमा रहेको सो स्वास्थ्य चौकीमा सेवा सञ्चालनमा आएपछि सामान्य सुत्केरी गराउनका लागि महिलालाई विराटनगर जानुुपर्ने अवस्थाको अन्त्य भएको छ ।

कर्सियामा रहेको उक्त स्वास्थ्य केन्द्रलाई चाँडै विस्तार गरिने अध्यक्ष सिंहले बताए। कर्सिया स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउन गाउँपालिका सक्रिय भएर लागेको उनले बताए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top