भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको तर बेलैमा शल्यक्रिया गर्नुपर्ने चिकित्सकको निष्कर्ष

१६ फागुन ७७, सोमबार

१७ फागुन, विराटनगर ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमर भएको देखिएको छ।

भारतको नयाँ दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षणको क्रममा पेटमा ट्युमर भेटिएको हो। यद्यपि उक्त ट्युमर क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको छ।

बायोप्सी, डोटा नोक परीक्षण, इन्डोस्कोपी अल्ट्रासाउन्ड, पिइटी सिटी स्क्यानसहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जनाए।

Advertisement

देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको छ।

डा. भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो। उनी मंगलबार नेपाल फर्कँदैछन्।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top