बालाजुमा घरटहरा भत्काएको विरोधमा पक्राउ परेका ८ जना रिहा

१८ फागुन ७७, मंगलबार

१८ फागुन, काठमाडौं ।
काठमाडौंको बालाजु बाइपास सडकको घरटहरा भत्काएको विरोध गर्दा पक्राउ परेका आठ जना रिहा भएका छन् ।

Advertisement

‘आठ जना नै रिहा भएका छन्’, अभियन्ता रवीन्द्र श्रेष्ठले भने, ‘पीडितले न्याय नपाएसम्म आन्दोलन जारी रहन्छ ।’ १२ फागुनमा सडक बिस्तार संघर्ष समितिका अध्यक्ष सुमन सायामीसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

न्यायको माग गर्दै नागरिक समाजले इन्द्रचोकमा आज साँझ मैनबत्ती जुलुस निकाल्दै छ । मुआब्जा र क्षतिपूर्तिबिना सरकारले घर भत्काएको पीडितहरूको आरोप छ ।

Advertisement

अदालतको आदेश बेवास्ता गर्दै सरकारले काठमाडौं बालाजु बाइपासमा डोजर चलाएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top