युगुर मुसलमानको जनसंख्या कम गर्ने प्रयासमा चीन

१८ फागुन ७७, बुधबार

१९ फागुन, एजेन्सी ।
चीन सरकारले युगुर मुस्लिमसहितका आदिवासी समुदायको जनसंख्या कम गर्ने उद्देश्यले उनीहरुलाई घरबाट टाढा राख्ने नीति लिएको एक चिनियाँ अध्ययनमा उल्लेख छ।

बिबिसीका अनुसार चीनको उच्च तहबाट भएको अध्ययन अनुसार शिन्जियाङ्गका युगुर मुसलमानसहित अरु आदिवासी समुदायका सयौँ हजार व्यक्तिहरुलाई घरबाट पर नयाँ जागिरमा सुरुवा गर्ने गरिएको र त्यसको एक मात्र उद्देश्य ती समुदायको जनसंख्या सीमित गर्नु हो।

तर चीन सरकारले भने सो कुरा अस्वीकार गर्दै आएको छ। सुदूरपश्चिमी क्षेत्रमा रहेका र ग्रामीण गरिबीमा रहेकाहरुको आर्थिक अवस्था उकास्नका लागि सरुवा गर्ने गरिएको चीनको दाबी छ।

Advertisement

चीनले बेरोजगारी तथा गरिबी हटाउनका लागि सो नीति लिएको बताए पनि तथ्यहरुले सो विपरित बताउने बिबिसीले उल्लेख गरेको छ।

सिमान्तकृत आदिवासी समुदायको जनजीवन र जीवन शैलीमा परिवर्तन गरि उनीको जातीय पहिचान कम गर्ने तथा जनसंख्या सीमित गर्दै लैजाने उद्देश्यले चीनले शिन्जियाङ्गमा पछिल्ला वर्षहरुमा पुनर्शिक्षा क्याम्प बनाउनुका साथै घरबाट पर जागिरका लागि लैजाने गरिएको सो अध्ययनमा उल्लेख छ।

Advertisement

उच्च अधिकारीका लागि तयार पारिएको अध्ययन प्रतिवेदन दुर्घटनाबस अनलाइनमा पोस्ट भएको थियो। त्यसमा उल्लेख भए अनुसार जनसंख्या कम गर्ने योजना अनुसार युगुरसहितका समुदायका व्यक्तिलाई टाढा सरुवा गर्ने गरिएको हो।

यसअघि चीनले युगुर मुसलमानको जनसंख्या कम गर्नका लागि शिन्जियाङ्गका युगुर महिलाहरुलाई बन्ध्याकरण गर्न वा गर्भनिरोधक साधन लगाउन बाध्य पारिएको भन्ने अध्ययन सार्वजनिक भएको थियो।

चीनले पुनर्शिक्षाका नाममा युगुर मुस्लिमलाई डिटेन्सन सेन्टरमा राखेको भन्दै अन्तर्राष्ट्रिय समुदायले विगत लामो समयदेखि चासो र चिन्ता व्यक्त गर्दै आएका छन्।

युगुरसहितका आदिवासीमाथिको ज्यादतीलाई लिएर संयुक्त राष्ट्रसंघले समेत चिन्ता व्यक्त गर्ने गरेको छ। चीनले भने सबै आरोप अस्वीकार गर्दै आएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top