२० फागुन, सुनसरी । सुनसरी धरान–१३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरिएको छ ।
बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको डायजेल्याब–१० ऐम्पुल, फेनारगन –२३ ऐम्पुल, एभरुील–१३ ऐम्पुल र लुपीजेसिक –११ ऐम्पुल सहित पक्राउ गरिएको छ ।
पक्राउ परेका मगर उपर थप अनुसन्धान भईरहेको छ ।


