×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

महाकालीमा भारततर्फ नदीजन्य पदार्थ दोहन तीव्र

२२ फाल्गुन २०७७

२२ फागुन, बैतडी । महाकाली नदीमा ठूला एस्काभेटर चलाएर भारततर्फ बालुवा उत्खनन भइरहेको छ । बालुवा उत्खननका लागि भारतीय जिल्ला प्रशासनले अनुमति दिएको छ ।

नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीको भारततर्फको झुलाघाट, कानडी र गिठीगडा क्षेत्रमा डोजर र एस्काभेटरको प्रयोग गरेर क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको हो ।

Advertisement

सडक निर्माणलगायतको कामका लागि भारतीय जिल्ला प्रशासनलेअनुमति दिए पनि क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताए ।

ठेकेदारले दैनिक सयौँ ट्रक बालुवा निकालेर लैजाँदा भारततर्फका नदीतटीय क्षेत्रका बासिन्दासमेत दुर्घटनाको जोखिममा परेको आर्यले बताए ।

नेपालतर्फ महाकाली नदीबाट बालुवा उत्खननको मापदण्ड बनाएर मेसिन लगाउन नपाउने प्रावधान भएपनि भारततर्फ एस्काभेटर प्रयोग गर्दा नदी तटीय क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा पर्ने खतरा रहेको छ ।

Advertisement

नेपालतर्फ मेसिनको प्रयोग नगरी मानवीय श्रमको प्रयोग गरेर बालुवा उत्खनन गर्दा पनि प्रशासनले कडाइ गरेको छ तर भारततर्फ ठूलाठूला मेसिनले बालुवा उत्खनन भइरहेको स्थानीय जयसिंह भाटले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top