विराटनगर, जेठ २९
झापाको अर्जुनधारमा सोमबार राती ट्याक्टर पल्टिंदा चेपिएर ट्याक्टर चालकको मृत्यु भएको छ।
मे १ त १८६७ नम्बरको ट्याक्टर अर्जुनधारा नगरपालिका ६ स्थित भित्री सडकमा पल्टिंदा चालक ईलाम माई नगरपालिका बस्ने २२ वर्षका अनु विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो।
विश्वकर्मालाई ट्याक्टरको अगाडी पट्टीको भागले थिचेको र उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनिले जनाएको छ।
मृतकको शव पोष्टमार्टका लागी विएन्डसि अस्पतालमा राखिएको छ।