विराटनगर,जेठ २९
संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायधिशमा दीपकराज जोशीको नाम सिफारिस गरेको छ ।
मंगलवार सिंहदरबारमा बसेको संवैधानिक परिषदको बैठकले कामु प्रधानन्यायाधीश रहेका जोशीलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको हो ।
परिषद् बैठकले जोशीको नाम अनुमोदनका लागि संसदीय सुनुवाइ विशेष समितिमा सिफारिश गरेको कानुनमन्त्री शेरबहादुर तामाङले बताए ।
मन्त्री तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिको सिफारिश पनि छिट्टै गरिने बताए ।