पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा निगमको भुमिका छैन्: प्रवन्ध निर्देशक

२८ फागुन, काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा आफ्नो भुमिका नहुने स्पष्ट पारेको छ ।

शुक्रबार नेपाल टाईम्ससँग कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा नेपाल सरकार र आयल निगमको ठूलो भुमिका नहुने बताएका हुन् ।

आयल निगमले बिक्री गर्ने तेलको मुल्य निर्धारण श्रोतमा हुने मुल्यको घटबढले निर्धारण गर्ने स्पष्ट पारे । डलरको रेट, क्रुड आयलमा बढ्ने रेट र ढुवानीको खर्चले पेट्रोलियम पदार्थको मुल्यलाई घटबड गराउने बताए । बाहिर समाचारमा आए जस्तो निगमको आन्तरिक खर्च र ब्यबस्थापनको खर्च धान्ने विषय मुल्य सँग नजोडिने बताए ।

आयल निगमको खर्च धान्नका लागि पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्नुपर्ने अबस्था नरहेको पनि बताए । प्राकृतिक हिसाबले मुल्य घटबढ हुने भएकाले मुल्य बढ्दा बढाउनुपर्ने र घट्दा घटाउनुपर्ने उनको भनाई छ ।

उनले भने – ‘हाम्रो कस्टिङमा स्रोत हाम्रो कहिल्यै महंगो छैन । हामीले जुन प्राइसमा किन्छौ त्यो महंगो हालेर हामीले किनेको छैनौं त्यो हामी सबैले बुझिदिनुपर्छ । निगमका खर्च, कर्मचारी खर्चहरु आउँछन्, त्यो चिजपनि आजको दिनसम्म पेट्रोलियम पद्धार्थ विक्रि गर्नै पर्दैन निगमलाई । निगमको अन्य स्रोतबाट पनि पुग्छ । त्यो चिजले गर्दा पेट्रोलियम पद्धार्थको मुल्यमा कुनैपनि असर आउँदैन । यो मुल्य बढ्नमा सरकारको, निगमको कुनैपनि ठुलो भुमिका छैन र यो प्राकृतिक हिसाबले नै बढेको छ ।’

आयल निगमले मुल्यवृद्धि हुँदा पनि कम मात्रै बढाएर विक्रि गरेको पनि उनले बताए । मुल्यवृद्धि लामो समयसम्म रहे ठुलै लेभलको मुल्य समायोजन. गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाई छ ।

उनले भने –‘यो मुल्यवृद्धि यसरी लामो समय रहने हो भने हामीले कुनैपनि पोइन्टमा आएर चाहीँ ठूलो लेभलको मुल्य समायोजन गर्ने परिस्थिति हुन्छ ।’

हाल निगमले पेट्रोलको मुल्य प्रतिलिटर १ सय १६ रुपैँया, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ९९ रुपैँया र खाना पकाउने एल पी ग्याँसको मुल्य १४ सय रुपैँया कायम गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top