कार्यकारी राष्ट्रपतीय प्रणाली कांग्रेसलाई मान्य हुँदैन ः कोइराला

विराटनगर, जेठ ३०

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालले कार्यकारी राष्ट्रपति प्रणाली कांग्रेसलाई कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

प्रेस युनियन मोरङले विराटनगरमा बुधबार गरेको पत्रकार सम्मेलनमा कोइरालाले वर्तमान सरकारले दुई तिहाइको बलमा कार्यकारी राष्ट्रपति प्रणाली ल्याउन खोजिए कांग्रेसलाई स्वीकार्य नहुने प्रस्ट पारे ।

Advertisement

“एउटा महाराजालाई अर्को महाराजा स्थापित गर्ने पक्षमा कांग्रेस छैन,” उनले भने, “प्रत्यक्ष निर्वाचित राष्ट्रपति निरंकुश हुने सम्भावना रहन्छ । अब नेपाली जनता कुनै पनि किसिमको निरंकुशता स्वीकार्ने पक्षमा छैनन् ।”

बहुजाति, बहुभाषिक भएको मुलुकमा कार्यकारी राष्ट्रपति प्रणाली पद्धति नमिल्ने र जनताले पनि त्यसलाई नस्वीकार्ने उनको भनाइ थियो । नेता कोइरालाले आगामी ५ वर्षसम्म कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उल्लेख गरे । कांग्रेस प्रतिपक्षमा बसे पनि विकास र समृद्धिको एजेण्डामा भने पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने उनले बताए ।

“तर, यो सरकारले विकास गर्छ जस्तो छैन, स्वच्छाचारी ढंगबाट अगाडि बढिरहेको छ,” उनले भने, “मन्त्रीहरू अनुगमनमा हिंड्ने होइन । उनीहरूले त पोलिसी बनाउने हो । एउटा कर्मचारीले गर्ने काम मन्त्रीले गर्दै हिंडेपछि देशको विकास हुन्छ भन्ने मलाई चाहिं विश्वास छैन ।”
सरकारको विरुद्धमा आन्दोलन गर्ने बेला अहिले नआएको बताए ।

सरकारले न्यायालयलाई हस्तक्षेप गर्न खोजेको, मुलुकमा दण्डहीनता बढेको भन्दै त्यसका विरुद्ध कांग्रेसले एक भएर खबरदारी गर्नुपर्नेमा जोड दिए । “सरकार न्यायालयलाई समेत नियन्त्रण गर्नेतर्फ लागेको छ,” कोइरालाले भने, “बालकृष्ण ढुंगेल प्रकरणले पनि यसको पुष्टि भइसकेको छ ।”

नेता कोइरालाले गुट–उपगुटका कारण पार्टी कमजोर बन्दै गएकाले कांग्रेसमा एकता आवश्यक रहेको बताए । आपसी लडाइँका कारण गत निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेकाले तुरुन्त महाधिवेशन बोलाएर कांग्रेसलाई एकढिक्का बनाउनुपर्नेमा उनको जोड थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top