मुद्दा हारे पनि हामीले अदालतलाई कुनै आलोचना वा आच्छेप लगाएका छैनौँः प्रदीप ज्ञवाली

Share this
750shares

६ चैत, काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकारले दुइटै मुद्दा हारे पनि अदालतको आलोचना नगरेको बताएका छन्।

Advertisement

दलका तर्फबाट आज प्रतिनिधि सभामा बोलेका मन्त्री ज्ञवालीले भने, ‘सरकारको हिसावले भन्ने हो भने, प्रधानमन्त्रीको हिसावले भन्ने हो भने हामी दुइटै मुद्दा हारेका छौं। मुद्दा हारे पनि हामीले अदालतलाई कुनै आलोचना वा आच्छेप लगाएका छौं न कुनै ढंगले अगाडि बढेका छौं।’

अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएको थियो। एमाले तथा माओवादी एकीकरण गरी बनाएको नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको पनि सर्वोच्चले फैसला गरिदिएको थियो। यसतर्फ संकेत गर्दै ज्ञवालीले दुवै मुद्दा हारेको उल्लेख गरेका हुन्।

Advertisement

उनले सरकारका तर्फबाट ल्याइएका विधेयकहरू संसदमा टेबुल गर्न नपाएको पनि बताए। संसदको पहिलो बैठकमा अध्यादेश पेश गर्न नदिइएको उनको भनाइ थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top