Nepal Times
Nepal Times
3
Shares

साहित्यकार मुना भण्डारीका ‘मनका छालहरु’ बजारमा

साहित्यकार मुना भण्डारीका ‘मनका छालहरु’ बजारमा

६ चैत, विराटनगर । साहित्यकार मुना भण्डारीले २०४६ सालदेखि लेखेका कविता, गीत र गजलहरुको संग्रह “मनका छालहरु” बजारमा आएको छ ।

बजारमा आएको छोटो समयमै मनका छालहरुले राम्रो समीक्षा पाएको छ । पुस्तकका माध्यामबाट हरेक विधामा आफूलाई अब्बल प्रमाणित गर्न साहित्यकार मुना भण्डारी सफल भएको समालोचकहरुले टिप्पणी गरेका छन् ।

लेखन कलामा भण्डारी अब्बल रहेको यो कृतिले प्रस्ट पारेको उनीहरुको भनाइ छ । समालोचकहरुले यो पुस्तकलाई पढ्नै पर्ने कृति भित्र राख्न सकिने बताएका छन् ।

कृति “मनका छालहरु” मा समेटिएका कविता, गीत, गजलहरुले विशेषत विद्यार्थी वर्गदेखि सबै उमेर समूहका ब्यक्तिहरुको मन छोएको छ । पुस्तकमा समावेश रचना पढ्दा आफ्नै अनुभव र अनुभूति जस्तो महसुस हुने पाठकहरुको प्रतिक्रिया आएको छ ।

पुस्तकले कविता, गीत र गजलहरु समेत समेटेको हुनाले एउटै पुस्तकबाट अलग अलग स्वाद पाउन सकिएको भन्दै पाठकहरुले खुशी ब्यक्त गरेका छन् ।

साहित्यिक कृति “मनका छालहरु” नजिकैको पुस्तक भण्डारमा सजिलैसँग पाउन सकिने साहित्यकार भण्डारीको भनाइ छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.