नेपाल समूहको ज्ञापनपत्र आएपछि ओलीले भने, ‘गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन’

७ चैत, काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद ज्ञापनपत्र लिएर बालुवाटार पुगेका छन् ।

Advertisement

सोम पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवार ज्ञापनपत्र लिएर बालुवाटार पुगेका हुन् ।

तीन सांसदले ल्याएको ज्ञापनपत्र बुझेपछि दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गरे ।

Advertisement

‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव स्वीकारिँदैन । व्यक्तिगत ढंगले आएर आफ्नो कुरा राख्नुहोस्,’ प्रधानमन्त्री ओलीले भने । ओलीले बोलाएको दलको बैठकमा नेपाल समूह अनुपस्थित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top