बहुमतको ओली सरकार रहुन्जेल कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थः देउवा

७ चैत ७७, आइतबार

८ चैत्र, चितवन ।
ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न नसक्ने कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै रहेको उनको भनाइ छ । कांग्रेस केन्द्रीय तरुण विभागले स्व. गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति दिवसमा चितवनको रत्ननगरमा युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

सभापति देउवाले बहुमतको ओली सरकार रहुन्जेलसम्म कांग्रेस सरकारमा जाने कुरा गर्नु व्यर्थ भएको बताए । देउवाले जनताले तेस्रो दल बनाएकाले कांग्रेस सरकारमा नगएकोप्रति जनताले कुनै आश्चर्य मान्नु नपर्ने जिकिर गरे ।

Advertisement

आफू अहिले प्रधानमन्त्री बन्न लालायित नभएको बताए । तर, जिम्मेवारी आए नभाग्ने जिकिर गरे । सोही कार्यक्रममार्फत आफ्नो पार्टीका नेता– कार्यकर्तालाई आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका देउवाले जनताको सेवा गरे सजिलै निर्वाचन जितिने बताए ।

देशको मालिक जनता भएकाले उनीहरूको सेवा गरे चुनाव सजिलै जितिने उनको भनाइ थियो । ‘हिजो जनताले भोट नदिएकाले हामीले हार्‍यौँ, त्यसकारण आजको दिनमा हामीले जनताले भोट दिने कार्यक्रम गर्नुपर्छ,’ देउवाले भने, ‘जनता देशका मालिक हुन्, सार्वभौमसत्ता सम्पन्न छन् ।

Advertisement

जसले जनताको सेवा गर्‍यो त्यसले चुनाव जित्ने हो ।’ उनले जनताको सुख–दुःखमा साथ दिन आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top