Nepal Times
Nepal Times
3
Shares

सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लञ्च

सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लञ्च

८ चैत्र, सिन्धुली ।
सिन्धुलीको भिमानबाट नेपालको पहिलो रकेट लञ्च भएको छ ।

ईन्जिनियरिङका विद्यार्थीको समूहले बनाएको गरुड नाम दिइएको सो रकेटको शनिबार परीक्षण प्रक्षेपण गरिएको हो ।

१० हजार फिट एलजीएलको उचाइमा पुग्ने अनुमान गरिएको सो रकेट परीक्षण प्रक्षेपणका क्रममा करिब डेढ सय मिटर आकाशमा उडेर दुर्घटना भएको थियो । हावाका कारण रकेट दुर्घटना भएको बताइएको छ ।

रकेट निर्माण तथा प्रक्षेपणमा संलग्न विद्यार्थीको समूहले हाल देखिएका समस्या न्यूनिकरण गरी आगामी महिना पुनः प्रक्षेपण गरिने जनाएको छ ।

एक्सपेरिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पेसपोर्ट अमेरिका कप-२०२१ मा सहभागिता जनाउनका लागि गरुड तयार पारिएको हो ।

लन्च प्याड, हावाको बहाव र मोटरममा फ्युल बर्न राम्रोसँग नुहँदा प्रक्षेपणका क्रममा रकेट दुर्घटना भएको बताइएको छ ।

७।४२ फिट उचाइको उक्त रकेटको ब्यास ६ इन्च छ । नेपाली युवाको समूहले गरेको परीक्षण प्रक्षेपणमा नेपाली सेनाले पनि साथ दिएको थियो ।

रकेट निर्माणमा संलग्नहरूका अनुसार प्रधान सेनापति थापाले सेनाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । थापाले प्रोजेक्ट आंशिक रूपमा सफल भएको र यसलाई नराम्रो नसोच्न आग्रह गरेका थिए ।

त्यस्तै राष्ट्रिय आविस्कार केन्द्रका महावीर पुनले पनि आफ्ना तर्फबाट अझै सहयोग गर्ने बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.