Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा ‘अर्काे अर्थ नलागेमा…’ नाटक मञ्चन हुने

विराटनगरमा ‘अर्काे अर्थ नलागेमा…’ नाटक मञ्चन हुने

८ चैत, विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्काे अर्थ नलागेमा…’ विराटनगरमा मञ्चन हुने भएको छ ।

चैत १७ गतेदेखि २० गतेसम्म आरोहण–गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो ।

लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु ‘अर्काे अर्थ नलागेमा…’ नाटकमा रुपान्तरण गरी १० जना निर्देशकले निर्देशन गरेका छन् ।

यसअघि काठमाडौंमा २० दिन मञ्चन भएको उक्त नाटक विराटनगरमा मञ्चन गर्न लागिएको आरोहण गुरुकुलले जनाएको छ ।

नाटकमा ज्ञ का १० जना विद्यार्थीहरुले निर्देशन गरेको नाटकमा ज्ञ कै ३७ जना विद्यार्थीहरुले अभिनय गरेका छन् ।

वस्तीले हरेक शनिबार कान्तिपुर दैनिकमा ‘अर्काे अर्थ नलागेमा…’ शीर्षकमा लेख्दै आइरहेको स्तम्भमध्ये करिब एक दर्जन स्तम्भ जोडेर नाटक तयार गरिएको छ ।

नाटकमा देशको वर्तमान सामाजिक तथा राजनीतिक घटनाक्रमलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गरिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.