पूर्वमाओवादी नेताले जनताको बहुदलीय जनवाद मान्ने

९ चैत्र, बीबीसी ।
नेकपा फुट्नुअघि जनताको जनवादलाई नै पार्टीको कार्यक्रम बनाएर अघि बढ्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति एमाले ब्युँतिएपछि भने जनताको बहुदलीय जनवाद (जबज) लाई अघि बढाउने बाटो खुला भएको छ।

Advertisement

आगामी वर्ष मंसिर २ गतेदेखि गर्ने निर्णय गरिएको नेकपा एमालेको महाधिवेशनमा पूर्वमाओवादी नेताहरूको धारणाप्रति चासो बढेको छ।

नेकपा माओवादी केन्द्रमा नफर्किई एमालेमै बसेका नेताहरू पनि सहभागी भएको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोकेको हो।

Advertisement

तर एमालेमा सम्मिलित भएका मन्त्री मणि थापाका अनुसार विचार र राजनीतिको विषयमा छलफल भएको छैन।

जबजमै टेक्ने हो

Advertisement

पार्टी विवाद मिलाउन र निर्वाचनमा भाग लिन महाधिवेशन आवश्यक ठानेर नियमित महाधिवेशनको मिति तोकिएको उनले बताए।

एमालेमै लागेका अर्का पूर्वमाओवादी नेता एवं मन्त्री गौरीशङ्कर चौधरीले कुनै विशेष परिस्थिति उत्पन्न नभएमा महाधिवेशन निर्धारित मितिमै हुनेछ।

रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साह लगायतका पूर्वमाओवादी नेता पनि एमालेमा लागेका छन्।

थापा भन्छन्, अहिले विचार बदल्न सक्ने अवस्था रहेन, पुरानो मूल्यमै टेक्ने कुरा हो, तर समग्र कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्छ होला।

अहिलेलाई जबजलाई मानेर जानेमा सबै पूर्वमाओवादी नेताहरू सहमत हुने विश्वासमा रहेका उनले यसलाई सर्वोच्च अदालतको आदेश अनुसारको राजनीति भएको बताए।

एउटै प्रतिवेदन केपी शर्मा ओली

आफूलाई क्रान्तिकारी कम्युनिस्ट ठान्ने दलहरूले जबजको चर्को आलोचना गर्दै आएका थिए।

प्रधानमन्त्री ओलीनिकट मानिने एक नेताले एमाले नै भइसकेपछि जबजले स्वाभाविक रूपमा निरन्तरता पाउने बताए।

त्यसमा परिमार्जन चाहने हो भने महाधिवेशनमा छुट्टै राजनीतिक प्रतिवेदन ल्याउनुपर्ने एउटा विकल्प हुने जानकारहरू बताउँछन्।

मन्त्री चौधरीले भने, यहाँ आइसकेपछि हामीले छुट्टै प्रतिवेदन ल्याउन जरुरी छैन, त्यस्तो गर्नुपर्छ भन्ने मलाई लाग्दैन। उनले अहिलेसम्मको अवस्थामा जबज नै अघि बढ्ने देखिएको बताए।

मन्त्री चौधरीले भने, तर टुक्राटुक्रा भएका कम्युनिस्टहरू कुन विषय र शब्द कसरी राख्दा एक ठाउँमा आउन सक्छन् भन्नेबारे छलफल हुन सक्ने भयो, एउटा बहस त बन्ने भयो।

तर केही भाषागत वा अन्य समस्या भएमा छलफल गरेर सहमतिमै अघि बढ्ने उनको भनाइ छ।

नेकपा एमालेभित्रको एउटा खेमासँग ओलीको कटुता बढेका बेला पूर्वमाओवादीका नेताहरूले प्रधानमन्त्रीलाई साथ दिइरहेका छन्।

नेकपा छँदा एकजना अध्यक्ष प्रचण्डले जबजका विशेषतालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने मत राख्दै आएका थिए र उनीनिकट अन्य नेताहरूले जबजनै स्वीकार गर्नु पछाडि फर्किने काम हुने बताउने गरेका थिए।

एमाले कार्यकर्ता र समर्थकहरूका माझ भने चुनाव चिह्न सूर्य र जबज निकै लोकप्रिय मानिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top