Nepal Times
Nepal Times
3
Shares

नाली खन्दा बम भेटियो

नाली खन्दा बम भेटियो

९ चैत्र, कैलाली ।
कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ ।

बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै भएकाले र निस्क्रिय पार्नका लागि नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

फेला परेको बम सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशङ्का गरिएको छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिइसकेको छ । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.