×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

अस्ट्रेलियाको न्यु साउथ वेल्समा भीषण बाढीः हजारौं बासिन्दा आश्रयस्थलमा

९ चैत्र २०७७

९ चैत्र, एजेन्सी ।
लगातारको वर्षाका कारण आएको बाढीले अस्ट्रेलियाको दक्षिणपूर्वी राज्य न्यु साउथ वेल्सको जनजीवन अस्तव्यस्त बनाएको छ ।

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि केन्द्रीय सरकारले राहत घोषणा गरेको छ । बाढीका कारण अहिलेसम्म सयौं व्यक्तिको उद्धार गरिएको छ भने उत्तरी सिड्नीको नदीकिनारमा रहेको अधिकांश भाग जलमग्न बनेको छ ।

Advertisement
Advertisement

बाढीका कारण प्रभावित उक्त क्षेत्रका हजारौं बासिन्दा सरकारद्वारा स्थापना गरिएको आश्रयस्थलमा आश्रय लिन बाध्य छन् ।

बाढीबाट अति प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री स्कट मरिसनले आइतबार सहयोग घोषणा गरेका हुन् ।

मरिसनले न्यु साउथ वेल्सका विभिन्न १८ वटा स्थानीय क्षेत्रमा बसोबास गर्ने वयस्क नागरिकलाई १ हजार डलर र बालबालिकालाई ४ सय डलर नगद दिने घोषणा गरेका छन् ।

यसैगरी बाढीका कारण ज्यान गुमाएकालाई १३ सातासम्मका लागि आर्थिक सहयोग दिइने घोषणा गरिएको छ । यद्यपि, बाढीका कारण कसैको मृत्यु भएको समाचार सार्वजनिक भएको छैन ।

बाढीका कारण ४ वटा ग्रामीण सहरका बासिन्दालाई घर छाडेर सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ । अधिकारीहरूले बाढी प्रभावित सयौंको उद्धार गरिएको जनाएका छन् ।

शुक्रबारदेखि परेको पानीले न्यु साउथ वेल्सका पोर्ट म्याकवरी, टारी, केम्पसीलगायत क्षेत्र अत्यन्तै प्रभावित बनेका छन् ।

सिड्नीका केही स्थानमा अझै केही दिन भीषण वर्षा हुने जलवायु मापन केन्द्रलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

अत्यधिक वर्षाका कारण उत्तरी क्षेत्र जोड्ने मुख्य सडक प्यासिफिक हाइवेको केही भागका साथै अन्य केही प्रमुख सडक बन्द गरिएको समाचारमा जनाइएको छ ।

वर्षापछिको बाढीका कारण राज्यका विभिन्न क्षेत्रमा अलपत्र परेका सयौं स्थानीयलाई अस्थायी उद्धार केन्द्रमा सारिएको जनाइएको छ ।

राज्यको आपत्कालीन सेवाका अनुसार हालसम्म करिब ५ सय ५० जनालाई उद्धार गरिएको र करिब ४ हजारले सहयोगका लागि सम्पर्क गरेको जनाएको छ ।

न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडिस बेरिजिक्लियनले वर्षा अझै केही दिनसम्म जारी रहने बताउँदै बाढी प्रभावित क्षेत्रका बासिन्दालाई घरबाहिर ननिस्कन र अधिकारीहरूको सुझाव पालना गर्न अनुरोध गरेकी छन् ।

यसैगरी आपत्कालीन सेवा प्रमुख कारलिन योर्कले समेत बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक पर्ने सामानको जोहो गरेर घरभित्रै रहन सुझाव दिएकी छन् ।

Advertisement

यस वर्ष मुख्य गरेर न्यु साउथ वेल्सको मध्यउत्तरी क्षेत्रमा आएको बाढी ५ दशकपछिकै ठूलो भएको स्थानीय समाचार संस्था एबीसीले उल्लेख गरेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top